कार्तिक महिनाको यो पहिलो साता शुभ-अशुभ कस्तो रहला, हेर्नुहोस् सप्ताहिक राशिफल !

मेष (चु चे चो ला लि लु ले लो अ)

यो साता नयाँ कुरा सिक्ने अवसर मिल्नेछ । आफ्नै क्षमताले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । धर्म, कर्म, परोपकार र जस्ता कार्यमा मन जानेछ । साताको अन्त्यमा सोचे अनुसारको काम सम्पन्न हुन् नसक्दा मन खिन्न हुन् सक्छ । यो सात कुनै पनि शुभ कार्यको थालिनी गर्नु भन्दा पहिले भगवान विष्णुको पूजा आरधना गरी गर्यको थालनी गर्नाले शुभ हुनेछ ।

वृष (इ उ ए ओ वा वी वु वे वो)


यो साता पारिवारिक सहयोगको कारण कार्यहरू अगाडि बढाउन सहज हुनेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कमाउने समय रहेको छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफन्त र दाजुभाइको सहयोग प्राप्त हुनेछ । यस साता तपाई कुनै पनि शुभ कार्यको थालनी गर्दै हुनुन्छ भने भगवान गणेशको स्मरण गरी कार्यको थालनी गर्दा लाभ मिल्नेछ ।

मिथुन (का कि कु घ ङ छ के को हा)

यो साता सोचेको कामले सफलता प्राप्त हुनेछ । आफ्नै सिपको कारण विभिन्न कार्यहरू सहजै सम्पन्न हुनेछन् । पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह बढ्नेछ । कार्य सफलाताको कारण मनमा शान्ति छाउँनछ । यस साता तपाई कुनै पनि कामको लागि घरबाट बाहिर निस्कदा माता पार्वतीको पूजा आराधना गरि निस्कदा शुभ हुनेछ ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)

यो साता गरेको असहज हुनेछ । सोचे अनुसारको काम सम्पन्न नहुँदा दिक्क लाग्नेछ । बिहिबारबाट बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सम्पन्न हुँदै जानेछ । सामाजिक काममा मन जानेछ । लगानी गरेको स्थानबाट सोचे भन्दा राम्रो लाभ हुनेछ ।

सिंह (मा मि मु मे मो टा टी टू टे)


यो साता नयाँ वस्त्र प्राप्त हुँदा मन प्रसन्न हुनेछ । आमाबाट शुभ समाचार सुन्न पाइनेछ । प्रतिस्पर्धीलाई सहजै परिजित गर्ने सकिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । धार्मिक स्थलको भ्रमण हुनेछ । यो साता कुनै पनि शुभ कार्यको थालनी गर्दा भगवान गणेशको पूजा आराधन गरि कार्यको थालनी गर्दा शुभ हुनेछ ।

कन्या (टो पा पी पू ष ण ठ पे पो)

यो साता साथि भाइको साथमा लामो तथा रमाइलो यात्राको योग रहेको छ । रोकिएका तथा अधुरा कार्यहरु पुन: सुरु सुचारु हुनेछ । दाम्पत्य जीवन सुखद् नै रहनेछ । प्रशस्त अवसर आउनाले मन प्रसन्न रहनेछ । साताको मध्येमा काममा विचार पुर्याउन नसक्दा समस्या तथा विवादमा पर्न सकिन्छ ।

तुला (रा रि रु रे रो ता ती तू)

यस साता सामाजिक तथा राजनीतिक कार्यमा मन जानेछ । सामाजिक मान प्रतिष्ठा बढ्ने छ । सानो कुरामा पनि मन प्रसन्न हुनेछ । लामो समय देखि रोकिएका काम सम्पन्न हुनेछ । साताको मध्ये तिर शत्रु सक्रिय हुनेछन् ।

वृश्चिक (तो ना नि नू ने नो या यि यू)

यो साता कडा परिश्रम पश्चात मात्र सफलता हात पर्नेछ  । यस साता पहिला मित्रबाट सिशेष सहयोग मिल्नेछ । सामाजिक तथा राजनीतिक प्रतिष्ठा कमाउने समय रहेको छ । यस साता कुनै पनि शुभ कार्यको शुभारम्भ गर्दै हुनुन्छ भने भगवान कृष्णको पूजा आराधना गरेर कार्य थालनी गर्दा  शुभ हुनेछ  ।

धनु (ये यो भा भी भू ध फा ढा भे)

यस साता   नयाँ वस्त्रको धारणले सुन्दर्तामा निखारता ल्याउने छ । व्यवसाय क्षेत्रमा बिशेष सावधानी अपनाउनु पर्ने समय रहेको छ । शत्रु सक्रिय हुनेछन्  ।  व्यवसायको कारण लामो दुरीको यात्रा हुनेछ । यात्रामा विशेष सावधानी अपनाउनु होला । कुनै पनि कार्यको थालनी गर्दा शुर्य देवको पूजा आराधन गरेर गर्यको थालनी गर्दा  शुभ हुनेछ ।

मकर (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)

कठिन ठानिएका कार्यहरु सहजै सम्पन्न हुनेछन् । पैतृक सम्पतिबाट लाभ हुनेछ । व्यवसाय तथा कृषि क्षेत्रबाट लाभ हुनेछ । वाहन शुख मिल्ने छ । सन्तानको तर्फबाट लाभ हुनेछ । साताको अन्त्यमा आँखा सम्बन्धि समस्याले सताउने छ ।

कुम्भ (गू गे गो सा सी सु से सो दा)

यो सात तपाईको शुभ चर्चा चल्नेछ । आयस्रोतमा वृद्धि हुनेछ । लामो समयबाट रोकिएका कार्य पुन; सुचारु हुनेछ । अग्रज व्यक्तित्वोबाट तपाईको कार्यको शुभ चर्चा चल्नेछ । धर्म कर्ममा मन जानुको साथै धार्मिक यात्राको योग रहेको छ ।

मीन (दी दू थ झ ञ दे दो चा ची)

सोचे अनुसार कम बन्न नसक्दा चिन्ता बढ्ने छ । सन्तानको स्वास्थ्य समस्यको कारण मन खिन्न हुनुको साथै खर्च बढ्ने छ । साताको अन्त्यतिर रमाइलो यात्रा हुनेछ । प्रेम सम्बन्धमा रहेकाको सम्बन्ध सुमधुर हुनेछ ।

प्रकाशित : सोमबार, कार्तिक ०१, २०७८१४:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साप्ताहिक राशिफल: कार्तिक महिनाको यो पहिलो साता यी ४ राशीलाई अत्यन्तै शुभ, हुनेछ लाभै-लाभ !