बलिउडमा धरै प्रसिद्धि जोडीहरु रहेका छन् । त्यस मध्ये एक हुन् बलिउड अभिनेता शाहरुख खान र उनको पत्नी गौरी खान, यो जोडीलाई आज पनि मानसहरु उत्तिकै मन पराउँछन् जति पहिलेको समयमा मन पराउँथे । अहिलेको समयमा यो जोडीको फ्यान फलोइंग ठुलो संख्यामा रहेको छ । आजको समयमा ति दूईले विवाह गरेको धरै वर्ष भैसकेको छ तर पनि उनीहरु बिचको सम्बन्ध पहिलेको जस्तै छ ।
कुनै समयमा शाहरुख खान र गौरी खानले एक अर्काको साथ पाउनको लागी धेरै समस्या भोग्नु परेको थियो । आज हामी यस पोस्ट मार्फत यस जोडीको जीवन सँग जोडिएको एक रोचक तथ्य बताउने छौँ । जसको बारेमा सायद तपाईले सुन्नु भएको छैन होला ।
वास्तवमा शाहरुख खान र गौरी खान स्कुल समय देखि नै एक अर्कोलाई चिन्दथे । उनीहरु एक मिल्ने साथ भएर पनि शाहरुख खानाले गौरी खानको परिवारलाई आफू प्रति आकर्षित गर्नको लागी ५ वर्ष सम्म हिन्दु भएको नाटक गरेका थिए ।
शाहरुख खानको लागी गौरी पाउन त्यति सजिलो थिएन। उनले गौरीसँग विवाह गर्न धेरै समस्या झेल्नु परेको थियो । त्यस पछी मात्र गौरीको परिवार शाहरुख र गौरीको विवाह गर्दिनको लागी तयार भएका थिए ।
शाहरुख खान एक मुस्लिम परिवार हुन् भने गौरी एक पन्जाबी हिन्दु परिवारबाट थिइन् । यस्तो अवस्थामा गौरीका परिवारका सदस्यहरु यो सम्बन्धलाई पटक्कै स्वीकार थिएन । शाहरुख दिल्लीबाट मुम्बई गौरीको लागि यात्रा गरेका थिए । गौरीको पूरा नाम गौरी छिब्बर हो, तर शाहरुख खान सँग विवाह गरेपछि उनले आफ्नो थर परिवर्तन गरेर खान राखेकी थिइन् ।