एक यस्तो अचम्मको ताल, जहाँको पानी पिउने हरेक मानिस रहँदैन जिउँदो!

आज सम्म तपाईहरुले धरै तालको बारेमा जान्नु-सुन्नु भएकै होला । त्यस्तै तपाईहरुले आज सम्म  नसुनेको यस्तो ताल  जसको बारेमा सुनेर तपाईलाई अनौठो लाग्न सक्छ । यस्तै खतरनाक ताल दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा छ, जसलाई फुन्दुजी ताल पनि भनिन्छ । यस्तो मानिन्छ कि जसले यस तालको पानी पिउँछ । उ जीवित रहने सम्भावना हुँदैन ।

स्थानीय मानिसहरुका अनुसार पुरातन समयमा त्यस स्थान भएर हिँड्ने बटुवाले त्यस स्थानमा बास मागेको थियो। तर उ एक कुष्ठरोगी थियो । त्यहाँ आइपुग्दा साझ परेको हुँदा त्यस व्यक्तिले त्यहाँका घरहरुमा बास मागेको थियो। उसको रोगको कारण यहाँ बस्ने मानिसहरुले खाना र आश्रय दिन अस्वीकार गरेका थिए । कसैले बास नदिए पछी त्यहाँका मानिसहरुलाई श्राप दिएर त्यस मानिस तालमा पसेका थिए र उनी बेपत्ता भएका थिए । त्यस पछि त्यस तालबाट अनौठो-अनौठो आवाज आउने स्थानीय बताउँछन् ।

त्यहाँका मानिसको अनुसार तालमा एक ठुलो राक्षस् बस्छ । त्यसैले त्यस स्थानका मानिस हरेक वर्ष त्यहाँ पुजा पाठ गर्नुको साथै नाचगान गर्न प्रचलन रहेको छ । जसमा अविवाहित केटीहरु नृत्य गर्दछन्। यस तालको बारेमा र यस तालमा भएको पानीको बारेमा जान्न धरै मानिसहरु आए तर आज सम्म कुनै पनि निस्कर्ष निस्कन सकेको छैन । यस तलको बारेमा जान्न आएका कतिपय मानिसले आफ्नो ज्यान समेत गुमाएका छन् । तर आज सम्म यस तालको बारेमा खास प्रमाण भेटिएको छैन ।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१०:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कल्पना पनि गर्न नसकिने यी १५ तस्बिरहरु, जुन देखेर उड्नेछ तपाईको होस!