यी हुन संसारको सबैभन्दा खतरानक पाँच नदी, भुलेर पनि नगर्नुहोस जाने कोशिश!

यस संसारमा लाखौँ नदी रहेका छन् । नदी धर्तीमा बग्ने एक जलधारा हो । हिमनदी तथा वर्षाको माध्यमाबाट जमिनमा आउने पानी अन्तत: समुन्द्रमा गएर मिसिने गर्दछ । नदी शब्द संस्कृत नाद्याह बाट आएको हो र यसलाई संस्कृत मा सरिता पनि भनिन्छ। यस पृथ्वीमा धेरै नदीहरु छन् जो धेरै खतरनाक छन्। हामीलाई संसारको पाँच सबैभन्दा खतरनाक नदीहरुको बारेमा बताउने छौँ ।

रातो नदी

अमेरिकाको दक्षिणी भागमा बग्ने यस रातो नदी हेर्दा जति आकर्षक छ । त्यति नै डरलाग्दो पनि छ । यस नदीको बहाव रातारात परिवर्तन हुन्छ, जुन स्थानीय मानिसहरुको लागी अत्यन्त खतरनाक छ। यस बाहेक नदीन एक भुमरी पनि रहेको छ । यदि कोही मानिस यस भुमरीको चपेटामा आयो भने त्यस मानिसलाई त्यहाँबाट बाहिर आउन असम्भव हुन्छ । राता-रात यस नदीको बहाव परिवर्तन हुनाले यहाँ धरै पटक ठुलो घटना घटेको छ ।

यांग्त्जे नदी


चीनमा यस यांग्त्जे नदी एशियाको सबैभन्दा लामो नदीहरु मध्ये एक हो। वर्षाको समयमा यस नदीको बहाव किकै भयङ्कर हुने गर्दछ । चीनको लागि भने यस विषय निकै नराम्रो हो । ६३०० किलोमिटर क्षेत्रफलमा बग्ने यो नदी चीनको सबैभन्दा ठूलो शहर वुहान हुदै बग्ने गर्दछ । नदिलाई चिनमा ‘जियांग’ नामले चिनिन्छ । यो नदि संसारको खतरनाक नदीहरुमा शामिल छ।

अमेजन नदी


अमेजन नदीको लम्बाई ६२०० किमी बाट ७,००० किलोमिटर सम्म रहेको मानिन्छ। यस नादिलाई संसारको सबैभन्दा लामो र ठुलो नदी मानिन्छ । यो नदी दक्षिण अमेरिकाको आठ ओटा देशहरुमा फैलिएको छ । यो नदी ब्राजिल, बोलिभिया, पेरू, इक्वेडोर, कोलम्बिया, भेनेजुएला, गुयाना, सुरिनाम र फ्रेन्च गुयाना हुदै बग्छ । जंगलको बिच हुँदै बग्ने यो नदीमा धरै खतरनाक जीवहरु पाइन्छ ।

रियो टिन्टो

रियो टिन्टोको नामबाट चिनिने यो नदी स्पेनमा अवस्थित रहेको छ । यो नदी संसारमा हुने अन्य नदी भन्दा फरक रहेको छ । यो नदीको रगत रगत जस्तै रातो छ। यो नदी सुन, चाँदी र तामा खानी हुदै जमिन सहतमा आउँने गर्दछ । तपाइहरु यस नदीको पानी पिउन, छुन सक्नु हुन्न। स्पेनमा बग्ने यो रातो रङ्गको नदीमा मात्र केही जलीय सूक्ष्मजीवहरु बस्छन् । जो यस पानीको एसिड सहन सक्छ।त्यो नदि रातो रङ्गको नदी नामबाट संसार भर परिचित रहेको छ ।

पहेलो नदी


यो पहेलो नदी चिनको सबैभन्दा खतरनाक नदी मध्ये एक हो । यो नदीले बहाव क्षेत्रमा २४ पटक आफ्नो मार्ग परिवर्तन गर्दछ । यही नदीको कारण चिनमा हरेक वर्ष अनेक किसिमको विनाश ल्याउँछ  । यस नदीले समय- समयमा एक भयङ्कर रुप धारण गर्दछ । त्यसपछि यसको मार्गमा आउने हरेक चिजलाई नष्ट गर्दछ। यसको कारण हजारौँ मानिसहरु हरेक वर्ष मर्छन्। यसलाई चीनमा दु:खको नदी भनिन्छ।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१०:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

संसारको सबैभन्दा महँगो पानी, एक बोतल पानीको मूल्यले आउँछ मर्सिडीज कार !