यस्ता केही बोट बिरुवा रहेका छन् जसलाई यस नवरात्रिको समयमा लगाउनु अत्यन्तै शुभ मानिन्छ । धार्मिक मान्यता अनुसार यदि तपाई यस नवरात्रिको समयमा घरमा तुलसीको बिरुवा रोप्नु हुन्छ भने यसको प्रभावको कारण घरमा सम्पन्नता आउने मान्यता रहेको छ । त्यसैगरी, केरा, शंखपुष्पी र हरसिंगारको विरुवा लगाउनु शुभ मानिन्छ । मान्यता रहेको छ कि यस समय घरमा यस्ता बिरुवा लगाउनाले दुर्गा देवी प्रसन्न हुने मान्यता रहेको छ ।
तुलसी बिरुवा
तुलसीको बिरुवाको विशेष महत्त्व छ। नवरात्रीको समयमा घरमा तुलसीको बिरुवा लगाएर माता लक्ष्मी प्रसन्न हुने विश्वास गरिन्छ। यसको प्रभावको कारण तपाइको घारमा खुशी र समृद्धि आउनुको साथै आर्थिक समस्या पनि कम भएर जानेछ ।
केराको बोट
नवरात्रीको समयमा केराको बिरुवा रोप्नु पनि शुभ मानिन्छ। यो बिरुवा घरमा लगाएर प्रत्येक बिहीबार पानीमा दूध मिसाएर चढाउँदा जीवनमा सुख र समृद्धि आउँछ भन्ने मान्यता छ।
शंखपुष्पी
शंखपुष्पी एक अद्भुत जडीबुटी पनि मानिन्छ। यसको जरा देखि पातहरु सम्म, यो एक जडी बूटीको रूपमा प्रयोग गरिन्छ। यो बिरुवा स्वास्थ्यको लागी मात्र लाभदायक नभई घरमा समृद्धि ल्याउँछ। नवरात्रिको समयमा यसको जरा घर ल्याउनुहोस् र एक चाँदीको बाकसमा राख्नुहोस्। यस्तो गर्नाले आर्थिक समस्या कम भएर जानेछ ।
पारिजातको बिरुवा
पारिजात एक किसिमको जडीबुटी पनि हो । यसको जरा देखि पातहरु सम्म, यो एक जडीबूटीको रूपमा प्रयोग गरीन्छ । यो बिरुवा स्वास्थ्य को लागी मात्र लाभदायक नभई यस बिरुवालाई आफ्नो घर छेउमा रोप्नाले तपाइको घरमा भएको आर्थिक समस्या भएर जानेछ ।