केही समय पहिले टिभी अभिनेता तथा बिग बोस सिजन १३ क विजेता सिद्धार्थ शुक्लाको हृदयघातको कारण निधन भएको थियो । सिद्धार्थको निधनको खबरले सबैलाई अपत्यारिलो लागेको थियो । सिद्धार्थको निधनबाट उनको परिवार सहित उनको फ्यानहरुमा ठुलो चोट पुगेको थियो ।
बिग बोस सिजन १३ ले मान्छेहरुको ध्यान निकै तानेको थियो । किनकि त्यस सिजनमा शोमा सिद्धार्थ र शहनाज थिए । उनीहरुको जोडीलाई मानिसहरुले निकै रुचाएका थिए । शोमा शहनाजको प्रेम देखेर मानिसहरु अचम्ममा परेका थिए । धरै मानिसले भनेका थिए, शहनाज र सिद्धार्थ एक अर्काको प्रेममा परेका छन् ।
जब पछिल्लो समयमा सिद्धार्थको निधन भएको थियो त्यस समय देखि शहनाज निकै टुटेकी थिइन् । जब अभिनेता सिद्धार्थको निधन भएको थियो त्यस समय देखि शहनाज कुनै स्थानमा देखिएकी छैनन् । सामाजिक सञ्जाल तथा उनको दैनिक क्रियाकलापमा शहनाज अहिले सम्म देखिएकी छैनन् । तर अब भने भारतीय मिडिया रिपोर्ट अनुसार शहनाज काममा फर्कने भएकी छिन् । उनको आगामी फिल्म निर्माताले यस कुरालाई खुलासा गरेका छन् । तर शहनाजले भने सार्वजनिक रुपाम केही भनेकी छिनन् ।