नवरात्रिको आरम्भ हुनु भन्दा पहिले गरिसक्नुहोस् यस्ता काम, अन्यथा पूजामा हुनेछ समस्या!

शारदीय नवरात्रि असोज २१ गरे अर्थात् भोलिबाट सुरु हुँदै छ । नवरात्रिको समयमा देवीको पूजा र व्रतको निकै महत्व रहेको छ । यस नौ दिनको समयमा भक्तहरुले विभिन्न किसिमको नियमको पालना गर्न पर्ने हुन्छ । यस नवरात्रिको आरम्भ हुनु भन्दा पहिले केही यस्ता कार्य गर्नु पर्छ जसको कारण पूजामा कुनै किसिमको समस्या नहुने र पूजा सहजै सम्पन्न हुने मान्यता रहेको छ ।

घर सरसफाइ- नवरात्रि सुरु हुनु भन्दा पहिले घर सफा गर्नु निकै आवश्यक हुन्छ । मान्यता रहेको छ जसले फोहोर घरमा माता दुर्गाको स्थापना गर्छ त्यसको घरम माता दुर्गाको कृपा हुने छैन । त्यसैले नवरात्रि आरम्भ गर्नु भन्दा पहिले र नवरात्रिको समय अवधिमा घरलाई सफा राख्नु पर्ने मान्यता रहेको छ ।

घरको ढोका माथि स्वस्तिक चिन्न बनाउनुहोस्- नवरात्रि आरम्भ गर्नु भन्दा एक दिन पहिले घरको मुख्य द्वाराको माथि स्वस्तिक चिन्न बनाउनु होस् । त्यसतै नवरात्रिको समयम पूजा स्थापन गर्ने स्थानमा पनि स्वस्तिक चिन्न बनाउनु होस् । जसको कारण तपाईलाई पूजामा कठिना आउने छैन ।

कपडाको व्यवस्था- यस नवरात्रिको समयमा रंगको विशेष महत्त्वो हुन्छ । यस समयमा गाढा कालो रंगको कपडा लगाउनबाट टाढा रहनु होला । यस नवरात्रिको समय अवधिमा चोखो र सफा कपडा लगाउने व्यवस्था मिलाउनु होस् । मान्यता अनुसार नवरात्रिको समयमा नौ दिनमा नौ रंगको कपडा लागाउनु राम्रो मानिन्छ ।

– यस नवरात्रिको समयामा तपाई कपाल तह नङ काट्ने सोचमा हुनुहुन्छ भने तपाई यस नवरात्रिको आरम्भ हुनु भन्दा पहिले नै काट्नुहोस् । यस नवरात्रिको समयमा फ्रिजमा राखेको खानेकुराको सेवनबाट पनि टाढा रहनु होला ।

प्रकाशित : बुधबार, असोज २०, २०७८१२:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पापी ग्रह राहु वृष राशिमा विराजमान हुनाले यी ५ राशिलाई हुनेछ जीवनमा दुख-कस्ट!