पापी ग्रह राहु वृष राशिमा विराजमान हुनाले यी ५ राशिलाई हुनेछ जीवनमा दुख-कस्ट!

एजेन्सी – ज्योतिष शास्त्र अनुसार राहुलाई एक छाया ग्रह पनि मानिन्छ । ग्रहहरूमा राहु ग्रहको कुनै पनि अस्तित्व हुँदैन तथा मानिदैन । अस्तित्व नभए पनि हरेक कुण्डलीमा यसको प्रभाव पर्ने ज्योतिषीहरु बताउँछन्। राहु प्रधान व्यक्ति शत्रुलाई पनि मित्र बनाउन सक्छन्। राहुको प्रभावशाली उपस्थितिले एक व्यक्तिलाई साहसी बनाउने विश्वास गरिन्छ।

हाल राहु वृष राशिमा छ। यस्तो अवस्थामा वृष राशि सहित विभिन्न राशिहरुलाई नकारात्मक प्रभाव पर्ने हुन्छ। राहुको नकारात्मक प्रभाव कुन-कुन राशिमा छ ? हेर्नुहोस् –

वृष राशि

मानसिक तनाव बढ्न सक्छ। कसैलाई पनि आवश्यक भन्दा बढी विश्वास गर्नु घातक हुन सक्छ। आफ्नै भनिएकाहरुले धोका दिन सक्लान्। वैवाहिक जीवनमा समस्या देखापरिरहने देखिन्छ। आर्थिक रणनीति बनाउँदा धेरै सोच-विचारको आवश्यकता रहला।

सिंह राशि

कार्यक्षेत्रमा समस्या नै समस्या उत्पन्न हुन सक्छ। पारिवारिक जीवनमा पनि समस्याको कमी हुने देखिँदैन। शत्रु समेत हाबी भएर जाने हुँदा सतर्क रहनु होला। खर्च बढ्दा आर्थिक रुपमा समस्या उत्पन्न हुनेछन्। सके सम्म यात्रा नगरेकै राम्रो होला। गलत सङ्गत देखि टाढा रहनु होला।

तुला राशि

राहुका कारण तुला राशि हुनेहरुले मानसिक तनावको सामना गर्नुपर्नेछ। अनावश्यक रुपमा विवाद हुनेछन्। बोलिको गलत अर्थ लाग्दा समस्या होला। मित्र पनि शत्रु बन्न सक्ने देखिन्छ। राम्रै आर्थिक लाभ मिले पनि खर्च बढ्दा समस्या हुन सक्छ।

वृश्चिक राशि

कुनै पनि प्रकारको लेनदेन देखि टाढा रहनु होला।राहूका कारण दाम्पत्य जीवनमा पनि समस्या हुने देखिन्छ। प्रेम सम्बन्धमा समेत दरार आउला। कानुनी झमेला फसिने सम्भावना छ। झुठा आरोप लाग्न सक्ला भने कानुनी रुपमा पनि समस्या आइपर्ने देखिन्छ।

मकर राशि

राहुका कारण मकर राशि हुनेहरुको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने देखिन्छ। समयमा निर्णय गर्न नसक्दा हालमा आएका काम पनि फुत्किने देखिन्छ। शैक्षिक रुपमा अवरोधहरूको सामना हुनेछ। आर्थिक रुपमा पनि समस्या बढ्न सक्लान्।

प्रकाशित : बुधबार, असोज २०, २०७८१२:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलिबाट सुरु हुँदैछ नवरात्रि, यस शुभ समयमा गर्नुहोस् कलश स्थापान!