बलिउड अभिनेत्री नेहा धुपिया फेरी एक पटक चर्चामा आएकी छिन् । विगत केही समय देखि उनी आफ्नो दोस्रो गर्भावस्थाको कारण चर्चामा थिइन्। यसै समयमा अभिनेत्री र उनका पति अंगद बेदीले आफ्नो दोस्रो बच्चाको स्वागत गरेका छन्। नेहा र अंगद छोरा भएको छ ।
नेहाका पति र अभिनेता अंगद बेदीले यो खुसीको खबर सामाजिक सञ्जालमा शेयर गरेका छन्। अंगदले इन्स्टाग्राममा नेहा धुपियासँग रोमान्टिक तस्बिर सेयर गरेका छन्। जसको क्याप्सनमा आफ्नो छोराको जन्मको बारेमा जानकारी दिँदै उनले उनको लागी फ्यानहरु सँग माया र आशीर्वाद मागेका छन्।
अंगदले तस्बिर सार्वजनिक गर्दै क्याप्सनमा लेखेका छन् । ‘सर्वशक्तिमानले हामीलाई आज एक बच्चा आशीर्वाद रुपमा दिएका छन् ।’ अहिले अभिनेता अंगदको यस पोस्टमा उनीहरुको बधाईको ओइरो लागेको छ ।