अहिले सामाजिक सञ्जाल युटयुब, फेसबुकमा महानायकको विषयले निकै चर्चा पाइरहेको छ । यस विषयमा नायक भुवन केसी र शिव श्रेष्ठले दिएको अन्तर्वार्ता निकै भाइरल भइरहेको छ । केही दिन पहिले दुई अभिनेता भुवन र शिवले दिएको अन्तर्वार्तामा अभिनेता हरुले महानायक राजेश हमाललाई भनेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
त्यस्तै अभिनेता भुवन केसी पनि राजेश हमाललाई महानायक मान नहुने धारणा राख्दै आएका छन् । केही समय पहिले बाट नै अभिनेता भुवन केसीले विभिन्न अन्तर्वार्तामा भन्दै आएका छन् । उनलाई राजेश हमालको अभिनय जुन फिल्ममा पनि उस्तै लाग्छ । साथै अभिनेता भुवनले आफूले हरेक फिल्ममा पृथक् अभिनय गर्न सकेको कारण उनलाई आफ्नै अभिनय राम्रो लाग्ने बताएका थिए ।
पछिल्लो समयमा महानायक राजेश हमाल फिल्म क्षेत्रमा खासै सक्रिय नभएको कारणले उनलाई महानायक भन्न नमिल्ने जस्तो धारणा राख्दै अभिनेता शिव श्रेष्ठले पछिल्लो समयमा नेपाली फिल्म क्षेत्रमा नयाँ नयाँ फिल्म बजारमा ल्याएको र सयौँ मानिसलाई रोजगारी दिएको कारण महानायक भुवन केसी हुनु पर्ने धारण राखेका छन् ।
यसै बिचमा केहिदिन पहिले अभिनेता शिव श्रेष्ठ र अभिनेता भुवन केसी अभिनीत एक म्युजिक भिडियो सार्वजनिक भएको थियो । उक्त् म्युजिक भिडियोलाई बुढा सुब्बा डिजिटल नामक युटयुब च्यानलबाट सार्वजनिक गरिएको थियो । तर उक्त् म्युजिक भिडियोले नराम्रो सँग धक्का खाएको छ । ‘डाँडाको बर पिपल’ नामक उक्त म्युजिक भिडियो सार्वजनिक गरेको आज १५ दिन भैसकेको छ । तर आज सम्म उक्त म्युजिक भिडियोमा जम्मा १ लाख ९९ हजार जातिले हेरेका छन् भने भिडियोमा ९ हजार लाइक आउँदा ७ हजार डीस-लाइक आएको छ ।
यति बेला यस भिडियोलाई मानिस हरुले नहेरिनुको कारण महानायकको विषय हो भन्न सकिन्छ । भिडियोको कमेन्टमा भिडियोको तारिफ भन्दा पनि भुवन केसीले अन्तर्वार्ताको क्रममा राखेका धारणको मानिस हरुले खण्डन गरेका छन् । कमेन्टमा धरै मानिसले महानायकको विषयमा भुवन र शिव श्रेष्ठले खण्डन नगरेको भए अहिले भुवन केसी र शिव श्रेष्ठ अभिनीत म्युजिक भिडियो हि-ट हुने धारण राखेका छन् ।