यी युवतीको लागि अनिल कपूरलाई पिट्न पुगेका थिए सलमान खान !

बलिउड सुपरस्टार सलमान खान र अनिल कपूरले धेरै फिल्ममा सँगै एकसाथ काम गरेका छन्। दुवैको जोडीलाई दर्शकले धरै मन पराउँछन् । त्यसतै आजको समयमा आज यी दुई बिच एक राम्रो मित्रता छ। तर कुनै एक समय थियो जब यी दुई अभिनेता बिचमा निकै ठुलो विवाद भएको थियो । जसको बारेमा आज हामी यस पोस्ट मार्फत तपाई हरुलाई जानकारी गराउने छौँ ।

यो कुरा सन १९८७ को हो जुन समयमा सलमान खान एक कलाकार बन्नको लागि प्रयासरत थिए । त्यही बेला अनिल कपूर आफ्नो फिल्म ‘हमाला’ को सुटिमा थिए। यो फिल्ममा एन चन्द्र द्वारा निर्देशित थियो र शाहीन जाफ्रे नामक एक केटी उनी सँग एक सहायक निर्देशकको रूपमा काम गरी रहेकी थिइन्। उनी बलिउड अभिनेता अशोक कुमारकी सौतेनी नातिनी हुन्। शाहीन जाफरीले एक फिल्ममा निर्माता-निर्देशक भट्टलाई पनि अनुबन्धित गरेकी थिइन् । त्यस समयमा अनिल कपूरले शाहीनलाई पहिलो पटक देखेका थिए ।

त्यस समयमा अभिनेत्री शाहीन सलमान खान सँग रिलेसनमा थिइन् । वेबसाइट ‘आई-एम-डीबी’ का अनुसार अनिल कपूर सुटिंगको क्रम शाहीनलाई फ्लर्ट गर्थे। त्यस समयमा जब अनिल कपूरले सलामको अगाडी आएर शाहीनलाई उनले फ्लर्ट गरेको कुरा बताएका थिए तब सलमान निकै क्रोधित भएका थिए । क्रोधमा सलमानले अनिल कपूरको शर्टको कलर समातेका थिए । क्रोधमा रहेका सलमानले हात उठाउनु भन्दा पहिले नै सेटमा रहेको युनिटका मानिसहरुले उनलाई समाते र अनिल कपूरबाट टाढा लगे।

प्रकाशित : आइतबार, असोज १७, २०७८१६:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेता भुवन र शिव अभिनीत नयाँ म्युजिक भिडियोमा ९ हजार लाइक आउँदा ७ हजार डीस लाइक !