मलाइकाले बच्चा जन्माउन समय कहिले पाउँछौँ भनेर प्रश्न गर्दा कपिलले भने -शो सकिएपछि…..

हाँस्य कलाकार कपिल शर्मा आफ्नो हँसिलो प्रवृत्तिको कारण चर्चित छन्। कपिललाई जुनसुकै प्रश्न सोधिन्छ सुले त्यसको झट्ट जवाफ दिन्छन्। जसलाई सुनेर सबै छक्क पर्छन्। हालै एकपटक फेरि कपिल शर्माले यस्तै खालको जवाफ दिएका छन्। वास्तवमा यस पटक मलाइका अरोडा,गीता कपूर र टेरेन्स लुईस कपिल शर्मा शोमा आउँदै छन् ।

च्यानलले शोको रमाईलो प्रोमो जारी गरेको छ। यस प्रोमोमा मलाइकाले कपिललाई एक हास्यास्पद प्रश्न सोधेकी छन् । मलाइकाले कपिललाई भन्छिन् हामी पनि शोपछि एक ब्रेक पाउँछौं। तपाईको शो त दैनिक हुन्छ। तपाई पूरै बर्षको लागि शूटिंग गरि रहनुहुन्छ, त्यसैले तपाईले  कहिले यो सबै काम गर्नको लागि समय पाउनुहुन्छ? यसमा सही थप्दै गीता भन्छिन् कि यसको अत्लब तपाईको दुई साना बच्चाहरु।  मलाइकाले यसमा हो भनेर जवाफ दिन्छिन् ।

यसमा जवाफ दिदै कपिल भन्छन् ,” साढे ९ देखि ११ बजेसम्म शो चल्छ। त्यसपछि जब यी मान्छेहरु सीआईडी चलाउँछन् … ” कपिलको यस जवाफ सबै पेट मिचिमिची हाँसेका छन्। शोमा  कृष्णा अभिषेक जीतेंद्रको गेटअपमा छन्। कपिलले १२ सेप्टेम्बर २०१८ मा गिन्नी चतरथसँग विहे गरेका थिए। कपिल १० सेप्टेम्बर २०१९ मा पटक पिता बनेका थिए।

प्रकाशित : शनिबार, असोज १६, २०७८१३:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

९ करोडमा सम्पन्न भएको विवाह सम्बन्ध विच्छेदको लागि ५० करोड !