गायिका इन्दिराले सार्वजनिक गरिन् प्रेमीसँगको पहिलो भेटको तस्बिर, भन्छिन् उसले मलाई दु:खबाट बाहिर निकाल्यो !

लामो समय देखि विभिन्न कारणले चर्चामा रहेकी गायिका इन्दिरा जोशीले केही दिन पहिले उनको प्रेमीको तस्बिर सार्वजनिक गरेकी छिन् ।

केही समय पहिले सम्म मात्र प्रेमीको तस्बिर सार्वजनिक गरेकी गायिका इन्दिरा यति बेला सामाजिक सञ्जालमा खुलेर आउन लागेकी छिन् । केही समय पहिले गायिका इन्दिराले उनको र उनको प्रेमी सरदको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । जसमा दुवै एक रेस्टुरेन्टमा बसेर एक सेल्फी लिएका छन् । वास्तवमा यो तस्बिर पुरानो हो ।

तस्बिर सार्वजनिक गर्दै इन्दिरा लेख्छिन् । ‘म मेरा पुराना तस्बिर हेर्दै थिए त्यस समयमा मैले एक तस्बिर पाए जुन तस्बिर हाम्रो पहिलो तस्बिर थियो तस्बिर होलीको समयमा लिएको थियो । त्यस समयमा म धरै देखि थिए । मलाई उसले त्यस दुखबाट बाहिर निकालेको थियो । उसले मलाई विश्वास दिलायो कि म खाउ पिउ रमाइलो गरूँ अद्भुत थियो लामो कपाल, लामो दारी भएको केटा सँग कुनै नराम्रो पल थिएन । आफ्नो प्रेम कथा सार्वजनिक गर्नु पनि एक अनौठो अनुभव हुन्छ । इन्दिरा_शारद ‘ लेख्दै गायिका इन्दिराले उनको प्रेमीको साथमा तस्बिर सार्वजनिक गरेकी छिन् जसलाई फ्यानहरुले निकै रुचाएका छन् ।

यति  बेला इन्दिराले तस्बिर सार्वजनिक गरेको एक दिनमा नै १५ हजार भन्दा बढीले लाइक गरिसकेका छन् । थुप्रै फ्यानहरुले तस्बिरमा कमेन्ट गर्दै उनको जोडीको तारिफ गरिरहेका छन् ।

प्रकाशित : शुक्रबार, असोज १५, २०७८१६:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

खुट्टा फ्रयाक्चर हुँदा पनि अमिताभ बच्चनले शूट गरे KBC को एपिसोड !