बलिउडमा फेरिपनि बिहेको सीजन चलिरहेको छ। आलिया भट्ट र रणबीर कपूरको पनि बिहेको खबरको चर्चा भईरहेको छ। अब फेरि मौनी रायको बिहे चर्चा भईरहेको छ। मौनी राय लामो समयदेखि मुम्बईको बिजनेसम्यान सुरज नांबियारलाई डेट गरिरहेकी छन्। उनको बिहेको योजनाको खबर उनको कजनले गरेको हो। मौनी छिट्टै दुबईमा बिहे गर्नेछिन्। दुवै तर्फबाट बिहेको तयारी भईसकेको छ। मौनी फिल्मको साथसाथै आफ्नो व्यक्तिगत जीवनलाई लिएर पनि चर्चामा रहन्छिन्। फ्यान उनको ब्वायफ्रेन्ड सुरजको बारेमा जान्न निकै उत्सुक छन्।
मौनी रायको कजनले बताए कि मौनी र सूरजको बिहे जनुअरी २०२२ मा हुनेछ। मौनीको फ्यानको लागि यो भन्दा खुशीको खबर के हुन सक्छ र। योभन्दा पहिला मौनीको आमाले उनको साथी मंदिरा बेदीको घर पुगेर सूरजको परिवारसँग भेट गरेकी थिइन्। मौनी एक बंगाली परिवारकी छोरी हुन्। उनी सुरुदेखि नै अभिनेत्री बन्न चाहन्थिन्। मौनी रायले आफ्नो पढाई पश्चिम बङ्गालबाट पूरा गरेकी थिइन्। उनको आमाबुबा उनलाई पत्रकार बनाउन चाहन्थे। मौनी अभिषेक र भूमिका चावलाको फिल्म ‘रन ‘ मा ब्याकग्राउण्ड डान्सरको रुपमा थिइन्।
मौले आफ्नो करियरको सुरुवात ‘क्योंकि सास भी कभी बहू थी’ बाट गरेकी थिइन् । त्यसपछि उनले कस्तूरी, देवों के देव महादेव, नागिन, नागिन २, नागिन ३, टशन-ए-इश्क, जूनून, ऐसी नफरत तो कैसा इश्क, कृष्णा चली लंदन, झलक दिखला जा ९, एक था राजा एक थी रानीमा काम गरेकी थिइन्। तर सिरियल नागिनबाट अत्यधिक चर्चा पाएकी थिइन्।