केहि समयदेखि महानायकको विषयमा विभिन्न किसिमको प्रतिकृया आइरहेको छ । यसै समय कलाकार जय किसन बस्नेतले पनि आफ्नो प्रतिकृया दिएका छन् । केहि दिन पहिले भएको एक अन्तर्वार्तामा उनले महानायक भुवन केसी हुनु भनेको स्वर सम्राट दुर्गेस थापा हुनु हो भनेका छन् ।
अहिलेको समयमा महानायक को हो ? भन्ने विषयमा विवाद जस्तै भएको छ । कतिपयले महानायक राजेश हमाल नभई भुवन केशी हुनु पर्ने राय दिएका छन् भने कतिले नेपाली चलचित्र क्षेत्रको महानायक राजेश हमाल नै रहिरहने भनेका छन् ।
जय किसनले भनेमा छन् ,” केहि समय पहिले फिल्म चलाउनको लागि फिल्मको पोस्टरमा राजेश हमालको टाउको मात्र राखे पुग्थ्यो । तर अहिले आएर कसरी भुवन केशी महानायक भए ” सामाजिक सञ्जाल युट्युबको एक अन्तर्वार्तामा उनले यस्तो भनेका हुन्। तीन करोड जनताले महानायक मानेका राजेश हमाललाई केहि मानिसले महानायक नमानेर केहि फरक पर्दैन भनेका छन् ।
जय किसनले भनेका छन् , ‘सबै अभिनेता राजेश हमाल, भुवन केशी र शिव श्रेष्ठ सबै नेपाली चलचित्र क्षेत्रको समान अभिनेता हुन् । तर राजेश हमाल जब फिल्म क्षेत्रमा आउनु भयो तब फिल्म क्षेत्रमा ठुलो परिवर्तन आएको थियो । अहिले पनि बच्चा देखि बुढा सम्मले मानेको हिरो हुन् । उनी जस्तो उमेर समूहको मानिसहरुसँग मिल्न सक्नु हुन्छ । त्यसैले महानायक राजेश हमाल नै महानायक हुन् ।”