सुशान्तको लागु-औषध प्रकरणको कोण बाहिर आएपछि एनसीबीले धेरै बलिउड स्टारहरुलाई सोधपुछ गरेको थियो। यसमा दीपिका पादुकोण, सारा अली खान, रकुल प्रीत सिंह जस्ता धेरै अभिनेत्रीहरुको नाम खुलाइएको थियो।
बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतसँग सम्बन्धित लागु-औषध मुद्दामा मुम्बईको खार क्षेत्रबाट अभिनेताका निकट मित्र र होटल व्यवसायी कुणाल जानी पक्राउ परेका छन्।
एनसीबीले सुशान्तको मृत्यु भएको लामो समय पछी लागु-औषध प्रकरणमा मुम्बईको खार क्षेत्रबाट होटल व्यवसायी कुणाल जानीलाई पक्राउ गरेको छ। कुणाल सुशान्तको घनिष्ठ मित्र हुन् र लामो समयदेखि फरार थिए।
अहिलेको अवस्थामा लगातार सुशान्तको निधनको बारेमा अनुसन्धानको दायरा विस्तार गरीरहेको छ। यस मामलामा धेरै पक्राउ पर्नुको साथै विभिन्न स्टार सँग सोधपुछ भैसकेको छ। यसअघि सिद्धार्थ पिठानीलाई एनसीबीले हैदराबादबाट पक्राउ गरेको थियो।
जब सुशान्तको निधन भएको थियो त्यस समयदेखि लागु-औषधको सेवन गरेको आरोपमा थुप्रै अभिनेता तथा अभिनेत्रीको नाम आइसकेको छ, यसमा दीपिका पादुकोण, सारा अली खान, रकुल प्रीत सिंह जस्ता धेरै अभिनेत्रीहरुको नाम खुलाइएको थियो।