बलिउडमा केहि अनस्क्रिन जोडी छन् जसको केमिस्ट्री दर्शकले निकै रुचाउँछन्। उनीहरुलाई सँगइ देखेर जो कोहिले पनि यो सोच्न सक्छन् कि यी दुई कतै वास्तविक जोडी त हैन। यसमा बलिउडको चुलबली अभिनेत्री काजोल र शाहरुखको नाम पहिला आउँछ। शाहरुख र काजोलले थुप्रै फिल्ममा एकसाथ काम गरे।
‘कुछ कुछ होता है’, ‘कभी खुशी कभी गम’, ‘दिलवाले’, ‘बाजीगर’, ‘करण अर्जुन’ र ‘माइ नेम इज खान’ जस्ता फिल्ममा शाहरुख र काजोलले तहल्का मच्चाएका थिए। यसैक्रममा यी दुईको अफेयरको पनि चर्चा हुन्थ्यो। यसको जवाफ शाहरुखले आफ्नै तरिकामा दिएका थिए। शाहरुखले भनेका थिए ,” म काम त जूही, माधुरी, मनीषा ,शिल्पा, सोनाली, नगमा, उर्मिला सबैसँग गर्चू तर कसैसँग म रति उनीहरुको घरमा जान्न। म काजोलसँग पनि घर गईन्।’ शाहरुखले आफुलाई सुन्दर केटि देख्ने बितिक्कै नहुने पनि बताए। साथै उनले आफ्नो अफेयर भएपनि कसैलाई थाहा पनि नहुने कुरा भनेका थिए।
शाहरुख खानले अगाडी भने ,” यदि यसरी नै हल्ला फैलियो भने म काजोलसँग पनि काम गर्न छोडी दिन्छु। यदि कुनै पनि पत्रकारले हाम्रो अफेयरको हल्ला फैल्यायो भने त्यसलाई छतबाट बाजिगर स्टाइलमा धकेलिदिन्छु।” साथै काजोलले पनि यसमा प्रतिक्रिया दिदै भनिन् ,” म शाहरुखको यस्तो साथी हुँ जसले उनको गाला तान्न सक्छ। “