सँगै मदिरा पिउन बसेका श्रीमानले गरे श्रीमतीको ह-त्या

काठमाडौं: अर्घाखाँचीमा मदिरा सेवनले  मातिएर आफ्नै श्रीमतीलाई लठ्ठीले हानेर श्रीमानले ह-त्या गरेका छन् ।

सन्धिखर्क नगरपालिका–७, खाँचीकोटामा सँगै मदिरा पिउन बसेका श्रीमान श्रीमती बिचमा झगडा हुँदा श्रीमान विष्णु विकले ३५ वर्षीय श्रीमती सीता विकको हत्या गरेका हुन्।

मंगलबार रातिसँगै श्रीमान- श्रीमती  मदिरा सेवन गर्न बसेका थिए। यसै बेला उनीहरुबीच झगडा भएको थियो । झगडाको समयमा उनीहरु दुवै जना मदिराले मातिएका थिए । त्यही क्रममा मदिराले मातिएका विष्णुले सीतामाथि लठ्ठी प्रहार गरेर ह-त्या गरेका छन् ।

ह-त्या गरेको आरोपमा प्रहरीले श्रीमान विष्णुलाई नियन्त्रणमा लिएको छ । ह-त्याको सम्बन्धमा श्रीमान विष्णुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : बुधबार, असोज १३, २०७८१५:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

निरन्तर वर्षा पछी आएको बाढीको कारण बैतडी स्थित सेती नदीमा ५० जना फसे, हेलिकप्टर पनि सकेन जान!