भारतको बिहारमा भेटिए कपनबाट हराएका बालक!

केहि दिन पहिले काठमाडौंको कपनबाट हराएका भनिएका चार वर्षिय बालक भारतको बिहारमा पुगेर भेटिएका छन् । गत सोमवारदेखि बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ कपनबाट हराएका बालक भारतको बिहारमा हिजो सकुशल अवस्थामा भेटिएका हुन् ।

कपनमा बस्दै आएका भारतको बिहार घर भएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस सोमबार ४ बजेदेखि हराएका थिए । खोजि गर्ने क्रममा भारतको बिहारमा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

हराएका भनिएका बालकको बाबु विनोदका साथी शंकर दासले उनलाई बिहार लगेको खुलेको हो । नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरी उनीहरूको खोजी गर्दा भारतको बिहारमा भेटिएको र बलाकलाई त्यहाँ भएका आफन्तहरूले जिम्मा लिइसका छन् भने बलाकलाई बिहार पुर्याउने शंकरमाथि भने प्रहरीले अनुसन्धान थाल्ने भएको छ ।

संकरले बालक लानुको कारण अहिले सम्म खुलेको छैन । बालकका बाबु र बालकलाई भारत लैजाने संकर काठमाडौंमा सँगै काम गर्थे ।

प्रकाशित : बुधबार, असोज १३, २०७८१३:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सँगै मदिरा पिउन बसेका श्रीमानले गरे श्रीमतीको ह-त्या