यातायात व्यवस्था विभाग: दशैँको लागि अनलाइनबाट टिकट बुकिङ गर्नेलाई एक बोतल पनि सितैमा!

यस वर्षको दशैँको लागि बसको अग्रिम टिकट बुकिंग भोलिबाट खुल्ने भएको छ । यस भन्दा पहिले बिचौलिया धरै सक्रिय भएको भन्दै अनलाइन् मार्फत टिकट बुकिङ गर्न यातायात व्यवस्था विभागले आग्रह गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै विभागका महानिर्देशक नमराज घिमिरेले अनलाइनबाट बसको टिकट बुकिंग गर्न आग्रह गर्दै अनलाइन मार्फत टिकट बुकिंग गर्नेलाई यातायात व्यवसायीले एक बोतल पिउने पानी सित्तैमा दिने प्रतिबद्धता गरेका छन् । उनले भोलिदेखि टिकट काउन्टरमा गएर दशैंमा घर जानका लागि अग्रिम टिकट बुकिङ गर्न सकिने अन्यथा घरमै बसेर अनलाईन टिकट बुकिंग र मोबाइल एप्लिकेशनको माध्यमबाट टिकट खरिद गर्न सकिने जनाएका छन् ।

आइतबार बसको बैठक पछी गाडी चलाउदा स्वास्थ्य मापदण्ड पालना गर्न, यात्रुहरुले देख्ने गरेर भाडादर बसको ढोकामा टास्न, टिकट काट्न लाइनमा बस्द भौतिक रुपमा लामबद्ध भएर टिकट काट्ने व्यवस्थालाई निरुत्साहित गर्न अनलाइनबाट टिकट खरिदको व्यवस्था गर्न र अनुगमन प्रभावकारी बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सरकारले निर्देशन दिएको छ ।

प्रकाशित : आइतबार, असोज १०, २०७८१७:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भारतको बिहारमा भेटिए कपनबाट हराएका बालक!