केही वर्ष देखि भारतीय टेलीभिजनबाट प्रसारण हुँदै आएको चर्चित शो ‘क्राइम प्रेट्रोल’ अब नेपाली टेली भिजनबाट पनि प्रसारण हुने भएको छ । यस शोलाई चर्चित हास्य कलाकार दिपक राजा गिरीले लिएर आउने भएका छन् । केहि समय पहिले यस सूचना प्रकाशित भेए पनि कहिलेबाट कार्यक्रम प्रशारण हुने भन्ने निर्णय भएको थिएन ।
यतिबेला सनाजिक सञ्जाल फेसबुकमा एक पोष्ट सार्वजनिक गर्दै दिपकले अब केहि दिनमा नै उनि कार्यक्रम क्राइम पेट्रोल लिएर आउने जानकारी गराएका छन् । दिपक पुन: यस कार्यक्रम मार्फत सानो पर्दामा फर्कने भएका छन् ।
पछिल्लो केहि समय देखि परिक्षण प्रसारणमा रहेको सञ्चारकर्मी रवि लामिछानेको टेलिभिजन च्यानल ‘ग्यालेक्सी फोरके’ मार्फत दिपक आउन लागेका हुन् । केहि समय पहिले देखि नै छिमेकि देश भारतको टिभीमा लामो समयदेखि प्रसारण हुँदै आएको अपराध र त्यसको अनुसन्धानको विषयमा केन्द्रीत ‘क्राइम पेट्रोल’ नेपालमा पनि निर्माण हुन लागेको हो । दिपक यस कार्यक्रममा होष्टको रुपमा देखिनेछन् ।