प्रेममा पर्नलाई कति पनि समय लगाउदैन यी ५ राशि हुने मानिस

प्रेमको मामिलामा कोहि एकदम गम्भीर हुन्छन् भने कोहि प्रेममा पर्न नै डराउने किसिमका पनि हुन्छन। ज्योतिष शास्त्रका अनुसार राशिको गुण-दोष अनुसार मानिस व्यवहार देखाउँछन्। शास्त्रका अनुसार यी राशि हुने मानिस छिटै प्रेममा पर्छन्।

 

मिथुन राशि


यस राशिका मानिस छिटै प्रेममा पर्छन्। कुनै पनि मानिसको केहि कुरा राम्रो लाग्यो भने मिथुन राशिका मानिस उनीहरु प्रति आकर्षित भैहाल्छन् र उनीहरुसंग आफ्नो भविष्यको कल्पना गर्न थाल्छन्। यिनीहरुलाई प्राय: एकतर्फी प्रेम  हुन्छ। तर यिनीहरुले साँचो प्रेम भेट्टाए भने त्यसलाई जिन्दगी भर कायम राख्न प्रयास गर्छन्।

कर्कट राशि 

 

प्रेमको मामलामा कर्कट राशिका मानिस निकै विश्वसनीय  हुन्छन्। प्रेमी प्रति ईमान्दारी यस राशिका मानिस आफ्नो प्रेम प्रकट गर्न पनि माहिर हुन्छन्। त्यसैले यिनीहरु जब प्रेममा पर्छन् तब सबै तरिकाले प्रेम निभाउने प्रयास गर्छन्। यिनीहरु निकै संवेदनशील हुन्छन्, त्यसैले जसले यिनीहरूलाई राम्रो व्यवहार गर्छ, सम्भव छ कि उनीहरूललाई मनपराउन सुरू गर्छन्।

कन्या राशि 

 

 

यस राशिका मानिस खुल्ला स्वभावका हुन्छन् र परिश्रम गरेर केहि प्राप्त गर्नमा विश्वास राख्छन्। र यदि यिनीहरुले यस्तै स्वभावका मानिस भेटे भने छिटै उनीहरु प्रति आकर्षित हुन्छन् र सम्भव छ कि प्रेममा पर्न पनि सक्छन्।

कुम्भ राशि 

 

कुम्भ राशिका मानिसलाई आकर्षित देखिन निकै मन पर्छ र यिनीहरु सधैं ध्यानको केन्द्र बन्न चाहन्छन्। त्यसैले यदि कसैले यिनीहरुलाई ध्यान दिन्छ भने उनीहरु प्रति छिटै आकर्षित हुन्छन्।

मीन राशि 

यस राशिका मानिसहरु प्रेमको मामलामा सबैभन्दा विशिष्ट हुन्छन्। यिनीहरु जुन सुकै अवस्थामा पनि मानिसहरुले आफूलाई कम्फर्टेबल महशुस गराउन् भन्ने चाहन्छन्। जसले यिनीहरूलाई विश्वास दिलाउँछ कि उनीहरु आफ्नो लागि राम्रो र लायक छ, मीन राशिका मानिसहरु उनीहरुको प्रेममा पर्न सक्छन्।

प्रकाशित : आइतबार, असोज १०, २०७८१२:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कस्तो रहला तपाईको आजको आर्थिक स्थिति ? हेर्नुहोस् आजको आर्थिक राशिफल !