सिद्धार्थको निधन पछी कतै देखिएकी छैनन् शहनाज, अब यस दिनबाट देखिदै उनको पहिलो झलक!

भारतीय टेलिभिजन क्षेत्रको चर्चित अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको पनि आज २४ दिन भैसकेको छ । अभिनेताले २ सेप्टेम्बरमा यस संसारलाई छाडेका थिए। अभिनेता सिद्धार्थको निधनले उनको आफन्त मात्र नभई उनका फ्यानहरुमा पनि ठुलो असर पर्दछ । यतिबेला उनको चाहने मान्छेहरु उनको र उनको परिवारलाई यस कठिन परिस्थितिमा सहने शक्ति मिलोस भनेर फ्यानहरुले प्रार्थना गरिहेका छन् ।

यतिबेला सिद्धार्थको एकदमै मिल्ने साथि शहनाज उनको निधनको कारण निकै टुटेकी छिन् । यतिबेला शहनाज गिलको आगामी फिल्म ‘हौसला राख’ को डबिंग सुरु भएको छ । यस्तो अवस्थामा फ्यानहरु सोधिरहेछन् कि शहनाज काममा फर्कने छिन् ।

वास्तवमा उनको नयाँ फिल्म रिलिजको तयारीमा रहेको छ । उनको पहिलो पंजाबी फिल्म ‘हौसला राख’ को ट्रेलर रिलीज हुन लागेको छ। अभिनेता दिलजीत दोसांझ फिल्ममा मुख्य भूमिकामा देखिने छन् । उनले आफ्नो हालै ट्वीटमा जानकारी गराएका छन्। उनले भने कि फिल्म को ट्रेलर २७ सेप्टेम्बर २०२१ मा रिलीज हुनेछ ।

अब शेहनाजको फ्यानहरुले उनलाई सिद्धार्थको निधन पश्चात पहिलो पटक फिल्मको ट्रेलरमा देख्दै छन् । शहनाज गिलको फिल्म ‘हौसला राख’ को ट्रेलर रिलीजको घोषणा संगै दिलजीत दोसांझले फिल्मको रिलीज डेट पनि सार्वजनिक गरेका छन्। निर्माताहरु अक्टुबर १५ मा फिल्म रिलिज गर्नेछन्, अर्थात फिल्म दशैंमा विश्वव्यापी रिलीज हुनेछन्। शहनाज गिल र सोनम बाजवा स्टारर दिलजीत दोसांझको यो फिल्मको एक नयाँ पोस्ट पनि देखिएको छ जुन निकै शानदार देखिन्छ।

प्रकाशित : आइतबार, असोज १०, २०७८११:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

स्विमिंग पूलमा जलपरी जस्तै बनेर देखिइन् परिणीति चोपडा, हेर्नुहोस् भिडियो सहित !