नारायणहिटी संग्रहालय भित्र श्रीपेच लगाउने भन्दै श्रीपेच राखेको सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि !

शुक्रबार नारायणहिटी संग्रहालयमा सिसा भित्र श्रीपेच राखिएको सिसा फुटाउने युवालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार संग्रहालय घुम्न भनेर आएका रुकुम पश्चिमका घर भएका एक २५ वर्षे युवाले सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा रुकुम मुसिकोटका २५ बर्षका खेमबहादुर भण्डारी रहेका छन् । खेम बहादुरले ‘म अब श्रीपेच लगाएर राजा बन्छु’ भन्दै श्रीपेच राखिएको शिशा फुटाएको प्रहरीले जनाएको छ। अहिले उक्त्त व्यक्तिलाई दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपुछ भइरहेको छ ।  प्रहरीले जनाएको छ ।

खेम बहादुरले संग्रालयमा श्रीपेच सँग रखिएको खुकरी निकालेर श्रीपेच राखिएको शीशामा खुकुरी प्रहार गरेका थिए । उनि कस्तो खालका मानिस हुन् भन्ने अहिले सम्म खुलेको छैन ।

प्रकाशित : शुक्रबार, असोज ०८, २०७८१७:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यातायात व्यवस्था विभाग: दशैँको लागि अनलाइनबाट टिकट बुकिङ गर्नेलाई एक बोतल पनि सितैमा!