अभिनेता शिव श्रेष्ठले महानायक भुवन केशी हुन् भन्दा, राजेश हमालको आयो यस्तो स्टाटस!

बिगत एक वर्ष देखि नेपाली सिनेमा क्षेत्रमा महानायक को भन्ने विषयमा चर्चा भैरहेको छ । गत वर्ष यस विषयले निकै चर्चा पाएको थियो । करिब एक बर्ष पहिले कलाकार दिपश्री निरौलाई एक अन्तर्वार्ताको क्रममा महानायक को भन्ने विषयमा गरिएको प्रश्नमा दीपाले दिएको जवाफ निकै विवादित हुन पुगेको थियो । अन्तर्वार्ताको क्रम दीपालाई महानायक राजेश हमाल भन्दा उनले राजेश हमाल नेपाली चलचित्र क्षेत्रको महानायक नभएको संज्ञा दिएकी थिइन् । अन्तत दीपाले सामाजिक सञ्जाल मार्फत मेरो भनाइलाई गलत किसमले व्याख्या गरियो भन्ने धराणा राख्दै माफी मगरकी थिइन् ।


अहिले पछिल्लो समयमा आएर फेरी एक पटक महानायक को भन्ने विषयमा चर्चा बढेको छ । यतिबेला कलाकार देखि सर्वसाधारण मानिसहरु पनि दुइ पक्षमा बढीएका छन् ।

त्यसतै कुनै समयमा नेपाली चलचित्र क्षेत्रमा नाम कमाउन सफल अभिनेता शिव श्रेष्ठले माहनायक को हो भने विषयमा आफ्नो धरणा राखेका छन् । शिव श्रेष्ठले भुवन केशीले नयाँ-नयाँ फिल्महरु ल्याएको र सयौलाई रोजगारी दिएको हुँदा महानायक भुवन केशी हुनु पर्ने धारण व्यक्त गरेका छन् ।


यसै समयमा महानायक राजेश हमालले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट सार्वजनिक गरेका छन् । अहिले राजेश हमाले गरेको पोष्ट सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । अभिनेताले फेसबुकमा एक पोष्टमा तस्बिर सहिले केहि स्टाटस लेखेका छन् । जसमा भनिएको छ । ‘तपाइले आफुले गरेको कर्मलाई तपाई आफै बोल्न दिनुहोस्।’ अहिले महानायक राजेश हमालको यस पोष्ट अहिले चलेको महानायक को हो ? भन्ने विषयलै लक्षित् गरेर गरेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।

प्रकाशित : बिहिबार, असोज ०७, २०७८१७:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

करीना कपूर खानका करियरका ६ उत्कृष्ट चलचित्रहरु, हेर्न नछुटाउनुहोला !