बढ्यो सुनको मूल्य, असोज महिना लागे पछिको सबैभन्दा महँगो!

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। असोज महिना लागेपछि मंगलबार पहिलोपटक बढेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९० हजार १ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ९ ​सय रुपैंयाँले नै बढेको छ। यससँगै नेपाली बजारमा तेजाबी सुनको मूल्य ८९ हजार ६ सय ५० रुपैंयाँ कायम भएको छ।

चाँदीको मूल्य

नेपाली बजारमा आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु २५ ले बढेर ११ सय ६५ रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : बुधबार, असोज ०६, २०७८१२:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नारायणहिटी संग्रहालय भित्र श्रीपेच लगाउने भन्दै श्रीपेच राखेको सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि !