कस्तो रहला तपाईको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल!

मेष राशि

साताको शुरुवातमै महत्वपूर्ण तथा प्रभावशाली व्यक्तिसंग भेटघाट हुने देखिन्छ। उच्च अधिकारीहरुसंगको समबन्ध राम्रो हुनाले महत्वपूर्ण योजना हात लाग्नेछ। हप्ताको शुरुवातमै पदोन्नतीको योग पनि रहेको छ। पहिला गरिएका पारिश्रमिकको फल यस साता मिल्नेछ। घर-जग्गा सम्बन्धि कारोबारबाट मनग्गे आम्दानी हुनेछ। अदालती विवाद देखि छुटकारा मिल्ला। साताको मध्यमा सफल यात्राको अवसर जुर्नेछ। साताको उत्तरार्ध प्रियजनबाट उपहार प्राप्त हुनेछ। धार्मिक अनुष्ठानमा सहभागी हुने अवसर पनि मिल्ने छ।

वृष राशि

साता वृष राशि हुनेहरुका लागि मिश्रित रहने देखिन्छ। व्यवसायमा अप्रत्याशित सफलता मिल्दा आर्थिक पक्ष बलियो रहनेछ। तर खर्चमा नियन्त्रण नहुँदा भने समस्या पैदा होला। रोजगारको क्षेत्रमा रहनेहरुको पदोन्नती हुने योग देखिन्छ। रोजगारी परिवर्तनका लागि पनि यस साता शुभ देखिन्छ। साताको मध्य स्वास्थ्यले सताउन सक्ला। स्वास्थ्यमा देखिएका समस्याले खर्च पनि बढाउनेछ। बोलि तथा व्यवहारमा नियन्त्रण राखेको राम्रो हुन्छ। आफ्नै कार्यशैलीले आफू भित्रै असन्तुष्टि पैदा हुनेछ।

मिथुन राशि

साताको शुरुवातमै उच्च अधिकारीहरुसंग मनमुटाब हुन सक्ने देखिन्छ। सामान्य-सामान्य कुरामा पनि अनावश्यक प्रतिक्रिया जनाउँदा समस्या पैदा हुनेछन्। महत्वपूर्ण कार्य फुत्किन सक्ला। साताको शुरुवातमै स्वास्थ्यमा समस्या देखा पर्नेछ। आर्थिक संकटले सताउनेछ। यधपी अवस्थामा साताको मध्यबाट सुधार आउनेछ। महत्वपूर्ण कार्य सफल हुँदा आर्थिक संकट टरेर जानेछन्। कठिन परिस्थितिबाट छुटकारा पाउन आफन्तजनले सहयोग गर्नेछन्। आफन्तकै सहयोगमा शत्रु पराजित हुनेछन्।

कर्कट राशि

साताको शुरुवातमै स्वास्थ्यमा समस्या देखिनेछ। पाचन सम्बन्धि समस्याका साथ-साथै स्नायु सम्बन्धि समस्याले सताउन सक्ला। परिवारमा कलहको वातावरण रहनेछ। दाजु-भाइ-दिदी-बहिनीसंगको सम्बन्धमा समस्या उत्पन्न हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। शत्रु सक्रिय हुन सक्लान्। सकेसम्म आर्थिक लेनदेन देखि टाढै रहेको राम्रो हुनेछ। नयाँ कार्य थालनीका लागि पनि साता त्यति शुभ देखिँदैन। बोलिका कारण सामाजिक रुपमा बदनाम भइएला।

सिंह राशि

साताको शुरुका दिनहरुमा अड्किएका कार्यहरु सुचारु हुनेछन्। कार्यस्थलमा रहेका बाधा अड्चन देखि छुटकारा मिल्नेछ। नयाँ कार्य थालानी गर्ने योजना यस हप्ता सफल हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका मिल्नेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। विद्यार्थीहरुका लागि पनि यस हप्ता धेरै शुभ रहनेछ। सामान्य मिहिनेतले पनि सफलता दिलाउन सक्ला। हप्ताको अन्त्यमा प्रेमि-प्रेमिकासंग यात्रामा निस्किने अवसर जुर्ने सक्ने देखिन्छ।

कन्या राशि

साता कन्या राशि हुनेहरुका लागि धेरै शुभ रहने देखिन्छ। हरेक कार्यमा परिवारको साथ मिल्नेछ। बुद्धिको उपयोगले मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुन सक्ला। काममा साथ दिनेहरू पनि प्रशस्त हुनेछन्। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। धार्मिक-सामाजिकमा सहभागी बढ्नेछ। सरकारी क्षेत्रबाट सम्मान प्राप्त हुन सक्ला। साताको अन्त्यमा व्यापारको बहानामा रमाइलो यात्रा हुने पनि देखिन्छ। साताभर उर्जा र पराक्रमको कमी रहने छैन।

तुला राशि

यस हप्ता भाग्यको पूरा साथ मिल्नेछ। महत्वपूर्ण कार्य सफल हुनुका साथै भविष्यलाई प्रभाव पार्न सक्ने कार्यको थालनी गर्न सफल भइनेछ। नयाँ साझेदारी कायम हुनेछन्। हरेक कार्यमा परिवारको मात्र नभई मित्रजनको पनि साथ मिल्नेछ। विवाद तथा मुद्दाहरूमा सहज रुपमा हावी हुन सकिनेछ। व्यवसायमा प्रतिस्पर्धा कायम रहेपनि आम्दानीमा कमि हुने छैन। प्रेम सम्बन्धको मामलामा पनि यस हप्ता धेरै शुभ देखिन्छ। सम्बन्धलाई नयाँपन दिने अवसर मिल्नेछ भने यात्राको अवसर पनि रहला। तीर्थ यात्राको योग समेत देखिन्छ।

वृश्चिक राशि

साता धेरै शुभ देखिन्छ। व्यवसायमा अनुकूल वातावरण बन्नेछ। नयाँ लगानीको माहोल पनि बन्न सक्ला। व्यवसायमा परिवारको समेत साथ मिल्दा आम्दानी वृद्धि हुनेछ। साताको मध्यमा मान सम्मान प्राप्त होला। मनोरन्जनमा खर्च भएपनि त्यसले खासै समस्या पैदा गर्ने देखिँदैन। विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। कृषि तथा पशुपालनमा आम्दानी बढ्नाले धन आर्जन प्रशस्तै हुने देखिन्छ। आमाको आशीर्वाद लिएर काम गर्दा कठिन कार्य पनि सफल हुनेछन्। हप्ताको अन्त्यमा महत्वपूर्ण कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ।

धनु राशि

पूरा हप्ता धनु राशि हुनेहरुका लागि अशुभ देखिन्छ। जीवनमा समस्या नै समस्या पैदा हुनेछन्। कुनै पनि कार्य सफल नहुँदा मन खिन्न रहनेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। आफन्तको भरपर्दा धोका मिल्न सक्ला। साझेदारीमा गरिएका सम्पूर्ण कार्य असफल हुनेछन्। कार्यक्षेत्रमा दुर्घटना हुन सक्ने सम्भावना पनि देखिन्छ। सकेसम्म राजनीतिक झमेलामा पनि नपरेकै राम्रो हुनेछ। निर्णायक मोडमा दुविधा उत्पन्न हुँदा महत्वपूर्ण कार्य फुत्किन सक्ला।

मकर राशि

साताको शुरुवातमा केहि सामान्य समस्या देखिपनि समग्रमा मकर राशि हुनेहरुका लागि साता धेरै शुभ देखिन्छ। यस साता धेरै महत्वपूर्ण कार्यहरु सफल हुनेछन्। बुद्धिको उपयोगले मनग्गे धन आर्जन हुनेछ। नयाँ कार्य थालनीको अवसर पनि मिल्न सक्ला। अरुले फत्ते गर्न नसकेको कार्य फत्ते गरेर लाभ उठाउन सकिनेछ। कलाकार तथा खेलाडीहरुका लागि यस साता धेरै शुभ देखिन्छ। महत्वपूर्ण उपाधि यस हप्ता मिल्न सक्ला। शत्रु र प्रतिस्पर्धी सहजै पराजित हुनेछन्। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो काम प्रारम्भ हुन सक्ला।

कुम्भ राशि

साताको शुरुवातमै घर-परिवारमा विवाद उत्पन्न हुनेछ। कुनै पनि निर्णय लिँदा घरमा छलफल नगर्ने बानिले समस्या पैदा गर्नेछ। कार्यक्षेत्रमा पनि अनावश्यक विवाद हुन सक्ने देखिन्छ। बोलिमा सक्दो नियन्त्रण राख्नु होला। आर्थिक रुपमा भने साता धेरै शुभ देखिन्छ। नसोचेका क्षेत्रबाट पनि आर्थिक लाभ मिल्नेछन्। घर-जग्गा सम्बन्धि कारोबारले मनग्गे लाभ दिलाउनेछ। कठिन समयमा प्रेमिको साथ मिल्नेछ। जीवनमा नयाँ व्यक्तिको आगमन समेत हुन सक्ला।

मीन राशि

यस साता हतार गर्ने बानिले समस्या पार्नेछ। हतार गर्दा बनिसकेका काम पनि बिग्रिनेछन्। समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउनेछ। प्रेम सम्बन्धमा पनि दरार उत्पन्न हुनेछ। विभिन्न समस्याका कारण दैनिकी प्रभावित हुनेछन्। सामान्य भन्दा सामान्य कार्य सफल गराउन पनि कठिन संघर्ष गर्नुपर्नेछ। हप्ताको मध्यमा स्वास्थ्यमा समस्या देखा पर्न सक्ला। स्वास्थ्य समस्याले खर्च पनि बढाउन सक्ला। यात्राको अवसर जुरेपनि फलदायी हुनेछैन। आफ्ना भनिएकाहरुबाटै धोका हुँदा मन विचल्लित रहनेछ।

प्रकाशित : आइतबार, असोज ०३, २०७८१५:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि असोज ४ गते सोमबार कस्तो रहला तपाईको दिन, हेर्नुहोस् राशिफल!