भोलि असोज ४ गते सोमबार कस्तो रहला तपाईको दिन, हेर्नुहोस् राशिफल!

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

आफन्त तथा साथि भाइसँग भेट हुनेछ । सामाजिक कार्यमा मन जानेछ । मित्रबाट लाभ हुनेछ साथै मित्रको पछाडी धन खर्च बढ्नेछ । व्यापार वृद्धि हुनेछ । कुनै रमणीय स्थलको भ्रमण हुनेछ । आकस्मिक धन लाभ हुनेछ । सन्तानबाट लाभ हुनेछ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

समय राम्रो बित्नेछ । नयाँ कार्य योजन हुनेछ । व्यापारमा वृद्धि हुनेछ । पुराना रोकिएका कार्य पुरा हुनेछ। दाम्पत्य जीवन सुमधुर हुन्छ । सामाजिक रुपमा मान सम्मान बढ्ने छ । पदोन्नति सम्भावना रहेको छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

मानसिक रुपामा मन दुबिधामा जानेछ । शारीरिक चोट पटक तथा भएको सम्भावना रहेको छ । पेट सम्बन्धि समस्याले सताउने छ ।धनको अभाव हुनेछ । व्यवसायमा वाधा हुनेछ । सहकर्मीको सहयोग मिल्ने छैन । सन्तानको स्वास्थ्य चिन्ता बढ्ने छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

दिन आनन्द र उत्साहमा बित्नेछ। घरमा कुनै मांगलिक प्रसंगको आयोजन हुनेछ। नयाँ कार्य आरम्भ  गर्नको लागी शुभ दिन रहेको छ। आफन्त र मित्रसँग भेट हुनेछ।  बाहिर भोजन गर्न वा घुम्न जाने प्रसंग आउनेछ। तन-मनबाट प्रफुल्लित  रहनुहुनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

बोलीमा ध्यान राख्नुहोला। वाद-विवादमा नउत्रिनुहोला। अनावश्यक खर्च नगर्नुहोला। कार्यमा कम सफलता मिल्नेछ। सन्तोषको भावनाको अनुभव हुनेछ।  स्वास्थ्य खराब हुनेछ। विधार्थीको विद्याप्राप्तिमा बाधा आउनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

दैनिक कार्यमा अनुकुल परिस्थिति निर्मित हुँदा राहत महसूस गर्नुहुनेछ। गृहस्थजीवनको समस्याको हाल मिल्नेछ। सम्पत्ति सम्बन्धि  कामकाजको हाल मिल्नेछ। व्यापार- धन्दामा आर्थिक लाभ मिल्नेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

दिन शुख पुर्वक बित्नेछ । आफन्त तथा साथि भाइको साथमा सामाजिक कार्य हुनेछ । कल्पना शक्ति र सिर्जक्नात्मक शक्तिमा वृद्धि हुनेछ । सन्तानबाट शुभ समाचार मिल्नेछ । स्त्री मित्रबाट सहयोग मिल्नेछ । शारीरिक तथा मानसिक रुपमा स्वस्थ भइने छ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

शुभ कार्यको चर्चा चल्नेछ । लामो समय देखि टाढा रहेका आफन्तसँग भेट हुनेछ । परिवारका सदस्यसँग महत्वो पूर्ण निर्णय हुनेछ । व्यवसायमा सन्तोषजनक लाभ हुनेछ । ससुरालीको तर्फाबाट लाभ हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

नयाँ कार्यको थालनी गर्न र कुनै पनि रोगको उपचार गर्नको लागि समय उचित रहेको छैन । क्रोधलाई नियन्त्रण नगर्दा समस्यामा पर्न सकिन्छ । खर्च बढ्ने छन् । आर्थिक आभाव हुने प्रवल सम्भावना रहेको छ । नकारात्मक विचारबाट टाढा रहनुहोला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

मध्यम फलादाही दिन रहेको छ । परिवारका सदस्यसँग बोलीमा संयमता अपनाउनु होला अन्यथा विवादमा पर्न सकिने छ । कार्य सम्पादनमा वाधा सिर्जना हुनसक्छ । साथि भाइको सहयोग मिल्नेछ । वित्तीय संस्थाबाट सहयोग प्राप्त हुनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

शारीरिक स्फूर्ति कम हुनेछ । मन स्थिर हुने छैन। आमाको स्वास्थ्यमा समस्या आउन सक्छ । आफन्तसँग विवाद हुनसक्छ । दिउसो पछी स्वास्थ्यमा सुधार हुनेछ । पुराना साथि भेट हुनेछन् । मन प्रसन्न हुनेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

दिन मिश्रीत फलदाही रहेको छ । मनमा दुविधा बढ्ने छन् । काममा सहि निर्णय लिनको लागि कठिन हुनेछ । कामको बोझ बढ्ने छ । अनावश्यक खर्च हुनेछ । सोचे अनुसारको साफलता मिल्ने छैन ।
प्रकाशित : आइतबार, असोज ०३, २०७८१७:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज असोज ४ गते सोमबार कस्तो रहला तपाईको दिन, हेर्नुहोस् दैनिक राशिफल!