आउँदो दशैंसम्म सावधान रहनुहोस् यी ४ राशिका मानिस, कुन-कुन राशि ? हेर्नुहोस् !

मिथुन राशि

मिथुन राशिलाई यो महिनामा त्यति खास नरहला। सोचे अनुरुप काम नबन्दा मन निराश रहन सक्छ। घर परिवारमा झै-झगडाको स्थिति उत्पन्न हुनसक्छ। अनावश्यक खर्च बढ्नाले आर्थिक समस्याले सताउन सक्छ। महिनाको अन्त्यतिर भने समय अनुकूल रहनेछ। तपाईंले सहि निर्णय लिन सक्नुहुनेछ। शैक्षिक क्षेत्रमा सफलता पनि मिल्नेछ।

तुला राशि

नयाँ कार्य सुरु गर्नको लागि यो समय त्यति उचित नहोला। शैक्षिक क्षेत्रमा पनि सफलताका लागि ठूलो परिश्रम गर्नुपर्नेछ। कार्यक्षेत्रमा पनि सजग रहनु पर्ने स्थिति आउनसक्छ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। रमणीय यात्राको सम्भावना रहेको छ। घर-जग्गा तथा गाडी किन्ने तपाईंको सपना यो महिना पूरा हुनसक्छ।

वृश्चिक राशि

आफ्नै नजिकका मानिस कुनै कार्यमा बाधा बन्न सक्छन्। महत्वपूर्ण अवसर हातबाट फुत्किन सक्छ। कार्यक्षेत्रमा पनि तपाईंको लागि समय अनुकूल नरहला । सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मानमा आँच आउनसक्छ, सजग रहनुहोला। साथी-भाइसँग भने केहि रमणीय भेटघाट हुने सम्भावना रहेको छ।

कुम्भ राशि

असोज महिना कुम्भ राशिका मानिसको लागि सामान्य रूपमा मात्र फलदायी साबित हुनेछ। अनावश्यक खर्चा हुनाले आर्थिक समस्याले सताउन सक्छ। महिनाको मध्यबाट आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। महिनाको अन्त्यतिर भने आर्थिक लाभ पनि प्राप्त हुनसक्छ। पारिवारिक वातावरण नकारात्मक रहनेछ।

प्रकाशित : शुक्रबार, असोज ०१, २०७८१७:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि असोज २ गते शनिबार कस्तो रहला तपाईको दिन राम्रो-नराम्रो, हेर्नुहोस् भोलिको राशीफल!