यस असोज महिना माता दुर्गाको कृपाले यी ५ राशिलाई हुनेछ अत्यन्तै शुभ!

वृष राशि 

यो महिना तपाईंको लागि सकारात्मक रहनेछ। ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । कला तथा गायन क्षेत्रमा तपाईंको विशेष रुची रहनेछ। परिवारमा सुखद वातावरण रहनेछ। रमणीय यात्राको पनि सम्भावना रहेको छ। व्यापार व्यवसायबाट मनग्य आम्दानी हुनेछ। सरकारी क्षेत्रबाट पनि राम्री नतिजा प्राप्त होला।

सिंह राशि 

समय अनुकूल नै रहनेछ। विभिन्न क्षेत्रबाट नयाँ नयाँ कुरा सिक्ने मौका मिल्नेछ। नयाँ कार्य सुरु गर्न चाहनुहुन्छ भने पनि समय अनुकूल रहनेछ। वरिष्ठ व्यक्तिसँगको भेटले मन प्रशन्न रहनेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। प्रेम सम्बन्ध अझ बलियो हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।

कन्या राशि 

तपाईंको लागि यो महिना खास रहनेछ। आफन्तजनबाट विशेष सहयोग प्राप्त हुने पूरा सम्भावना रहेको छ। विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। व्यापार व्यवसायको क्षेत्रमा ठूलो फड्को मार्न सकिएला। आर्थिक स्थिति पूरा महिना मजबूत नै रहनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक यात्राको योग पनि देखिन्छ।

धनु राशि 

यो महिनामा लामो यात्रा सुखद् र सफल हुनेछ। तपाईंको बोलीको प्रभाव बढ्नेछ। प्राविधिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रेम सम्बन्ध अझ बलियो हुनेछ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला, अन्यथा चोट पटक लाग्ने सम्भावना रहन्छ। धन लाभ मिल्ने पूरा सम्भावना रहेको छ तर खर्च पनि ठूलो मात्रामा हुनसक्छ।

मकर राशि 

मकर राशिका मानिसको लागि यो महिना शुभ रहनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। नजिकको व्यक्तिको सहयोगमा कुनै विशेष कार्य सम्पन्न हुनेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। वैदेशिक यात्राको पनि सम्भावना रहेको छ। सामाजिक क्षेत्रमा तपाईंको पद-प्रतिष्ठा बढ्नेछ। नयाँ कपडा तथा मिष्ठान्न भोजन पाएर तपाईंको मन प्रशन्न हुनेछ।

प्रकाशित : शुक्रबार, असोज ०१, २०७८१४:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आउँदो दशैंसम्म सावधान रहनुहोस् यी ४ राशिका मानिस, कुन-कुन राशि ? हेर्नुहोस् !