कन्या संक्रान्ति यहि असोज १ गते शुक्रबारको दिन रहेको छ। हिन्दू धर्ममा संक्रान्ति पर्वको विशेष महत्व छ। यस दिन सूर्य भगवानको पूजा गरिन्छ। कन्या संक्रान्ति तिथि धार्मिक कार्यहरु जस्तै स्नान, दान आदि को लागि अत्यन्त लाभदायक मानिन्छ। पितृको आत्माको शान्तिको लागि पनि यस दिन पूजा आराधना गर्नु अत्यन्त शुभ मानिन्छ। कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा पनि गरिन्छ, जसको कारण यस तिथिको महत्व अझै बढ्छ। यस दिन पूरा विधि विधानका साथ पूजा आराधना गरिन्छ। ज्योतिषशास्त्रमा जब सूर्य ग्रह एक राशिबाट अर्को राशिमा प्रवेश गर्छ त्यसलाई नै संक्रान्ति भनिन्छ। सूर्य ग्रहले हरेक महिना आफ्नो राशि परिवर्तन गर्दछ। यस प्रकार एक वर्षमा सूर्यले १२ पटक राशि परिवर्तन गर्दछ, जसको कारण वर्षमा १२ पटक संक्रान्ति आउँछ।
कन्या राशिमा यस अगाडी नै बुध राशि विराजमान छन् जसको कारण सूर्यको प्रवेशसँगै यस राशिमा सूर्य र बुध ग्रहको मिलन हुँदा बुधादित्य योग निर्माण हुनेछ।
पुण्य काल मुहूर्त: असोज १ गते बिहान ६:३२ बजेबाट मध्यान्ह १२:३० सम्म
महापुण्य काल मुहूर्त: असोज १ गते बिहान ६:३२ बजेबाट ८:२५ सम्म
कन्या संक्रान्तिको दिन सूर्योदय: बिहान ६:३२ बजे
कन्या संक्रान्तिको दिन सूर्यास्त: साँझ ६:३९ बजे
कन्या राशिमा सूर्यको प्रभाव
कन्या राशिका मानिसहरुको सम्मान समाजमा बढ्नेछ। जागिरमा पदोन्नति पाउन सक्नुहुन्छ। शुभ समाचार प्राप्त हुनसक्छ। अन्य क्षेत्रमा पनि सुखद परिणाम प्राप्त हुने सम्भावना रहेको छ। रोजगारको खोजीमा रहेका मानिसले पनि सफलता पाउने योग रहेको छ। वैवाहिक जीवनका लागि भने सूर्यको प्रभाव त्यति अनुकूल नरहला। जीवनसाथीसँग झै-झगडा हुनसक्छ, सजग रहनुहोला।
सूर्यदेवको आशिर्वाद प्राप्त गर्न गर्नुहोस् यस्ता कार्य
आइतबार सूर्यलाई जल चढाउनुहोस्। कन्या संक्रान्तिको दिन दान गर्नुहोस्। बुबाको सेवा गर्नुहोस्। दुष्ट र कुनै गलत आचरणबाट बच्नुहोस्। यसो गर्नाले तपाईंलाई सूर्यदेवको आशिर्वाद प्राप्त हुनेछ। समाजमा तपाईंको मान-सम्मान बढ्नेछ।