ग्रहचक्रमा ठूलो उथलपुथल, यी ५ राशिका मानिसलाई अत्यन्त शुभ, मिल्नेछ सफलता नै सफलता !

कन्या संक्रान्ति यहि असोज १ गते शुक्रबारको दिन रहेको छ। हिन्दू धर्ममा संक्रान्ति पर्वको विशेष महत्व छ। यस दिन सूर्य भगवानको पूजा गरिन्छ। कन्या संक्रान्ति तिथि धार्मिक कार्यहरु जस्तै स्नान, दान आदि को लागि अत्यन्त लाभदायक मानिन्छ। पितृको आत्माको शान्तिको लागि पनि यस दिन पूजा आराधना गर्नु अत्यन्त शुभ मानिन्छ। कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा पनि गरिन्छ, जसको कारण यस तिथिको महत्व अझै बढ्छ। यस दिन पूरा विधि विधानका साथ पूजा आराधना गरिन्छ। ज्योतिषशास्त्रमा जब सूर्य ग्रह एक राशिबाट अर्को राशिमा प्रवेश गर्छ त्यसलाई नै संक्रान्ति भनिन्छ। सूर्य ग्रहले हरेक महिना आफ्नो राशि परिवर्तन गर्दछ। यस प्रकार एक वर्षमा सूर्यले १२ पटक राशि परिवर्तन गर्दछ, जसको कारण वर्षमा १२ पटक संक्रान्ति आउँछ। यो अवधिमा ४ राशिका मानिस निकै सावधान रहनु पर्नेछ। यी राशि निम्न अनुसार रहेका छन्।

कर्कट राशि

यो समय निकै शुभ रहनेछ। तपाईंको साहस तथा पराक्रममा वृद्धि हुनेछ। तपाईंले गरेका कार्य र लिएको निर्णयको सराहना गरिनेछ। जिद्दीपन तथा क्रोधमा संयम राख्नु पर्ने देखिन्छ। धर्म-कर्ममा रुची बढ्नेछ। वैदेशिक क्षेत्रमा कुनै कार्यका लागि आवेदन लिन चाहनुहुन्छ भने समय अनुकूल रहेको छ।

कन्या राशि

विभिन्न सफलता हात लाग्नेछ। आफ्नो योजना तथा रणनीति गोप्य राखेर कार्य गर्नुहोस्, सफलता मिल्ने सम्भावना उच्च रहन्छ। रिस तथा जिद्दीपनमा संयम राख्नुहोस्। सरकारी क्षेत्रका मानिसको लागि यो समय अत्यन्त शुभ रहनेछ, मनचाह सफलता मिल्ने देखिन्छ। विद्यार्थी वर्गको लागि पनि समय सुखद रहनेछ।

धनु राशि

तपाईंको लागि यो समय कुनै वरदान भन्दा कम हुने छैन। जुन क्षेत्रमा हात हाल्नुहुन्छ, हरेक क्षेत्रमा सफलता प्राप्त गर्नुहुनेछ। सरकारी क्षेत्रबाट पनि सुखद सफलता मिल्ने सम्भावना उच्च रहेको छ। कुनै टेण्डरका लागि आवेदन दिनको लागि पनि समय अनुकूल रहनेछ। घर-जग्गा तथा गाडी किन्ने सपना पूरा होला।

कुम्भ राशि

सामाजिक क्षेत्रमा तपाईं मान-सम्मान तथा पद-प्रतिष्ठा बढ्नेछ। स्वास्थ्य राम्रो नै रहनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। विद्यार्थी वर्गका लागि यो समय सामान्य रहनेछ। आर्थिक स्थिति मजबूत हुनेछ। आकस्मिक धन लाभ मिल्ने सम्भावना देखिन्छ। खर्चको मात्रा पनि बढ्न सक्छ।

मीन राशि

सामाजिक क्षेत्रमा तपाईं मान-सम्मान बढ्नेछ। तपाईं सामाजिक कार्यमा बढी संलग्न हुनुहुनेछ। स्वास्थ्य अनुकूल रहनेछ। कार्यक्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ। सरकारी क्षेत्रबाट विशेष लाभ मिल्ने सम्भावना छ। कुनै सरकारी टेण्डरमा आवेदन दिन चाहनुहुन्छ भने पनि यो समय अनुकूल रहेको छ।

प्रकाशित : शुक्रबार, असोज ०१, २०७८१०:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ग्रहचक्रमा सूर्य ग्रहको ठूलो परिवर्तन, यी ४ राशिका मानिस रहनुहोस् सावधान, कुन-कुन ?