मकर राशिमा बृहस्पतिको आगमन, यो ४ राशिलाई अत्यन्तै शुभ!

ग्रहचक्रको सबै भन्दा ठूलो ग्रह बृहस्पतिले भाद्र शुक्लपक्ष अष्टमीको दिन राशि परिवर्तन गर्दैछ। ज्ञान, धार्मिक कार्य, दान, पुण्य, धन र बुद्धि लगायतको कारक मानिने बृहस्पतिले भदौ २९ गते राशि परिवर्तन गर्न लागेको हो। सो दिन बृहस्पति दिउँसोको २ बजेर ४९ मिनेट पश्चात मकर राशिमा फिर्ता हुनेछ। हाल कुम्भ राशिमा रहेको बृहस्पति वक्री भएर सोहि अवस्थामा आउने कार्तिक १ गते सम्म सो अवस्थामा रहनेछ।

मकर राशिमा पहिला देखि नै शनि ग्रहको उपस्थित छ। बृहस्पतिले राशि परिवर्तन गरेसँगै मकरमा बृहस्पति र शनि ग्रहको मिलन हुनेछ। शनि पनि मकरमा वक्री अवस्थामा छ। दुवै ग्रह वक्री अवस्थामा हुँदा सबै राशिमा ठूलो प्रभाव पर्नेछ। जसमा केहि राशिहरुले ठूलै समस्याको सामना गर्नुपर्ने अवस्था हुनेछ। ज्योतिषीहरुका अनुसार शनि र बृहस्पति एक हुँदा निम्न राशिहरुले अत्यन्त शुभ परिणाम मिल्नेछ।

यी ४ राशिलाई अत्यन्त शुभ

आजको दिनबाट सबैभन्दा राम्रो नतिजा दिने बृहस्पति ग्रह मकर राशिमा प्रवेश गर्नेछ। आफ्नो एकै राशिमा शनि र बृहस्पतिको मिलन हुँदा वृष, कर्कट, तुला र मकर राशिका मानिसहरुलाई धेरै शुभ फल प्राप्त हुनेछ। मकर राशिमा बृहस्पतिको आगमनसँगै यी ४ राशिका मानिसले नयाँ अवसर प्राप्त गर्नेछन्। लामो समयदेखि रोकिएको काम पूरा हुन थाल्नेछ। कार्यक्षेत्रमा नयाँ अवसरका साथै थप रूपमा जिम्मेवार प्राप्त हुनेछ। व्यापार व्यवसाय क्षेत्रमा उत्कृष्ट लाभ मिल्ने सम्भावना रहेको छ।

प्रकाशित : मङ्गलबार, भदौ २९, २०७८१७:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भगवान गणेशको कृपाले जन्मँदै भाग्यमानी हुन्छन् यी ३ राशिका मानिस