अहिलेको समयको युवा पुस्ताको ढुकढुकी बन्न सफल अभिनेता अनमोल केसीको आगामी फिल्म ‘ भदौ १८ मा रिलिज हुन सकेन । यस फिल्मको मितिलाई सरेर झन्डै ७ महिना पछिडी लागेको छ । अब फिल्म ‘ए मेरो हजुर-४’ आगामी चैत महिनाको २५ गते रिलिज गर्ने भएको छ ।
अभिनेत्री तथा फिल्मी निर्मात्री झरना थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत एक पोस्ट गर्दै उनको आगामी फिल्म ए मेरो हजुर-४ भदौ १८ गते रिलिज गर्न असमर्थ भएको कुरा जानकारी गराएको छिन् । अभिनेत्री झरनाले अहिलेको कोरोनको कारण र सबै फिल्म हलहरु राम्रोसँग खुल्न नसकेको कारण फिल्म रिलिज गर्न नसकेको जनाएकी छिन् ।
अभिनेत्रीले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै यस्तो लेखिकी छिन। ‘विश्वोव्यापी माहामारी कोरोनाको कारणले हामीले निर्माण गरेको चलचित्र -ए मेरो हजुर -४ पूर्व घोषीत मिती भाद्र १८ मा रिलिज गर्न सकेनौ !
अब बिस्तारै कोरोना कहर पनि कम हुँदै गएको साथै नेपाल सरकारले सिनेमा हलहरु पनि खोल्ने अनुमती दिएकोले बिस्तारै चलचित्र क्षेत्र पनि चलायमान हुने कुरामा हामी पनि आशाबादी छौ !
त्यसै अनुरुप हामीले हाम्रो चलचित्र -ए मेरो हजुर -४ को प्रदर्शन आउने चैत्र महिनाको २५ गते गर्ने निर्णय गरेका छौ संसारलाई परेको अप्ठेरो समयले हामी सबैलाई छोडेन
सम्पूर्ण चलचित्रकर्मी ,दर्शकहरुको साथ र सहयोग को अपेक्षा राखेका छौ ।’