यो हप्ता यी ४ राशिलाई धेरै शुभ ! कुन-कुन राशि ? हेर्नुहोस् !

मेष राशि

हप्ताका केहि दिन मध्यम रहेपनि मेष राशिका लागि अन्य दिन धेरै लाभप्रद रहनेछ। स्वास्थ्यको पूरा साथ मिल्दा भाग्यले पनि साथ दिनेछ। महत्वपूर्ण कार्य सफल हुनेछन्। परिवार मात्र नभई मित्रहरुबाट पनि आवश्यक सहयोग प्राप्त हुनेछ। हप्ताको अन्त्यमा यात्राको योग देखिन्छ। व्यवसाय विस्तारको योजना सफल हुनेछ। रोजगारमा रहनेहरुलाई पदोन्नति मिल्न सक्ने सम्भावना पनि रहेको छ।

कर्कट राशि

कर्कट राशि हुनेहरुका लागि यस हप्ता धेरै शुभ मान्न सकिन्छ। गएको हप्ता देखि रहेका समस्या देखि छुटकारा मिल्ला। मित्रजनको सहयोगमा शत्रु सहजै पराजित हुनेछन् भने महत्वपूर्ण कार्य सफल गराउन पनि मित्रजनले भूमिका खेल्नेछन्। साताको मध्यतिर धार्मिक यात्रा हुन सक्ला। विद्यार्थीहरुका लागि साता धेरै शुभ देखिन्छ। खेलाडी तथा कलाकारहरुका लागि पनि साता धेरै लाभप्रद रहनेछ। बुद्धि प्रयोग गर्दा राम्रै आर्थिक लाभ मिल्न सक्ला।

तुला राशि

भाग्यको पूरा साथ मिल्नेछ। अड्किएका कार्य सुचारु हुनेछन्। कार्यक्षेत्रमा सबैको साथ मिल्नाले ठूला कार्य सफल हुनेछन्। परीक्षा-प्रतियोगितामा रहनेह्गरुका लागि पनि साता धेरै शुभ देखिन्छ। कानुनी बाधा देखि छुटकारा मिल्ला। परिवारमा रहेका मतभेद हल भएर जानेछन्। राजनीतिमा रहनेहरुले हप्ताको अन्त्यमा विशेष सफलता हाँसिल गर्न सक्नेछन्। प्रिय व्यक्तिबाट उपहार मिल्ने सम्भावना समेत देखिन्छ। बहुमुल्य वस्तु किन्ने अवसर नजुर्ला भन्न सकिन्न।

मीन राशि

साता मीन राशि हुनेहरुका लागि विशेष रहनेछ। हप्ताको शुरुवातबाटै राम्रा सङ्केत देखिनेछन्। इष्ट-मित्रहरूको पूर्ण सहयोग मिल्नेछ। आर्थिक स्थिति मजबूत हुनेछ। नयाँ कार्य थालनी हुन सक्ने योग समेत देखिन्छ। ठूला व्यक्तिहरुसँगको सहकार्यले राम्रो फल दिनेछ। अदालती कार्यमा सफलता मिल्न सक्ला। राज्यबाट उचित सम्मान मिल्न सक्ने पनि देखिन्छ। भविष्यलाई प्रभाव पार्ने कार्यको थालनी हुन सक्ला।

प्रकाशित : सोमबार, भदौ २८, २०७८१६:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भगवान गणेशलाई भुलेर पनि नचढाउनुहोस् यस्ता चिज, अन्यथा जीवन भर लाग्नेछ अनिकाल !