भोलि धनकी देवी लक्ष्मीलाई प्रसन्न बनाउने सुवर्ण अवसर, मात्र प्रयोग गर्नुहोस् यस्ता उपाय!

धनकी देवी लक्ष्मीलाई प्रसन्न पार्ने मौका यस भदौ महिनामा परेको छ । यस महिनाको शुक्ल पक्षको अष्टमी तिथिमा धनको देवी लक्ष्मीको ब्रत राख्नको लागि शुभ समय र साहित रहेको छ । यस दिन देवी लक्ष्मीको विधि सहित पुजा आरधना गर्नाले लक्ष्मी माता प्रासन्न हुने मान्यता रहेको छ।यस दिन देवी लक्ष्मी माताको दर्शन तथा विधि पूर्वका पुजा आरधन गर्नाले लक्ष्मीले खुशी र समृद्धिको वरदान दिनुहुन्छ। १४ सेप्टम्बर अर्थात् भोलि यस व्रत राख्ने मान्यता रहेको छ । अष्टमी तिथि आज दिउँसो ३:१० बाट सुरु हुनेछ र भोलि १४ सेप्टेम्बर दिउँसो ०१:१० सम्म रहनेछ।

लक्ष्मी व्रतलाई धर्म पुराणमा धेरै महत्त्वपूर्ण भनिएको छ। एक पौराणिक कथा अनुसार जब पाण्डवहरु कौरवहरु सँग जुवामा सबै हारेका थिए ।
त्यस समय पाण्डवहरु मध्यको जेठा भाई युधिष्ठिर भगवान श्रीकृष्णसँग मार्गदर्शन मागेका थिए कि धन कसरी कमाउन सकिन्छ । त्यतिबेला भगवान श्रीकृष्णले युधिष्ठिरलाई महालक्ष्मीको व्रत बस्न आग्रह गर्नुभयो। यो व्रत १६ दिनको हुन्छ। यस अवधिमा पहिलो दिन व्रत राख्नु पर्छ र बाकि अरुदिनमा पूजा मात्र गर्दा हुन्छ । शुख र समृद्धि प्राप्त गर्नको लागि देवी महालक्ष्मीलाई खुसी पार्न यो व्रत धेरै महत्त्वपूर्ण रहेको छ।

व्रत बस्ने तरिका
यस व्रत बस्नको लागि हरेक दिन बिहान सुर्य उदाउनु भन्दा पहिले उठ्नुहोस् र स्नान गर्नुहोस् । सफा चोखो कपडा लगाउनु होस् । यति गरिसके पछी विधि पूर्वका लक्ष्मी माताको पुजा गर्नुहोस् । सक्नुहुन्छ भने लक्ष्मीलाई गाईको घिउको बत्ति बाल्नुहोस् र व्रत बस्नुहस् ।

यो दिन महालक्ष्मीलाई खुशी पार्न केही मन्त्रले जप गर्नु धेरै लाभदायक मानिन्छ । यसका लागि लक्ष्मी बीज मन्त्र ‘ओम श्रीम श्रीम लक्ष्मीभ्यो नमः’, महालक्ष्मी मन्त्र ‘ओम श्रीम श्रीम कमले कमलेय प्रसीद ओम श्रीम श्रीम महालक्ष्मीये नमः’ वा लक्ष्मी गायत्री मन्त्र ‘ ओम श्री महालक्ष्मी पठ्ठनाय विष्णुमाये विष्णुमाये विष्णु विष्णै ओम ‘मन्त्रले जप गर्न सक्नुहुन्छ।

प्रकाशित : सोमबार, भदौ २८, २०७८१२:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यो हप्ता यी ४ राशिलाई धेरै शुभ ! कुन-कुन राशि ? हेर्नुहोस् !