सुर्य कन्या राशिमा प्रवेश ५ राशिलाई अधिक धन लाभ, अन्य राशि रहनुहोस् सावधान!

सूर्य देवको नवग्रहमा सबैभन्दा ठूलो ग्रह मानिन्छ। कुण्डलीमा सूर्य बलियो स्थानमा छ भने सुर्य देवालाई उच्चा पद र मान-सम्मान प्राप्त हुन्छ । यदि कुनै पनि व्यक्तिको कुण्डलीमा शुर्य देव कमजोर स्थानमा छन् भने त्यस्ता व्यक्तिमा विभिन्न स्वास्थ्य समस्या हुने गर्दछ। सुर्य देव कन्या राशिमा प्रवेश गर्दै छन् यस्तो अवस्थामा सबै राशिमा यसको प्रभाव पर्ने भएको छ । सुर्य देव १६ सेप्टेम्बर सन २०२१ मा कन्या राशिमा प्रवेश गर्दैछन् । हेर्नुहोस् सुर्यको राशि परिवर्तनले तपाईको राशिमा कस्तो प्रभाव पर्दछ ।

मेष राशि


मेष राशी भएका मानिसको लागि सुर्य पंचम भावको स्वामी हो र यस राशी परिवर्तनको प्रभावको कारण सुर्य छैठौ भावमा प्रवेश गर्ने छन् । यी भाव ऋण, शत्रु र रोगको प्रतिक मानिन्छ । यस राशीका मानसिको लागि यस राशी परिवर्तनले राम्रो फल दिने छ किनकि तपाई दुस्मनलाई पराजित गर्न सक्नु हुनेछ। कार्यहरु सफल हुनेछन् । कार्य क्षेत्रमा प्रसंसा बढ्ने छ ।

वृष राशि


वृष राशिका मानिसको कुण्डलीमा सुर्य चौथी भावमा स्वामी हो । यस अवधिमा वृष राशीका मानिसलाई केहि समस्या हुन् सक्छ । यस समय तपाईको लागि अनकुल रहेको छैन । यस अवधिमा वृष राशिका मानिसले केहि कठिनाइको सामना गर्न पर्ने हुनसक्छ । कार्यक्षेत्रमा आफूभन्दा ठुला व्यक्तिसँग विवाद हुनसक्छ ।

मिथुन राशि


मिथुन राशिका मानिसहरुको लागि सुर्य तेस्रो घरको स्वामी हो। यस अवधिमा मिथुन राशिको मानसिको लागि आफ्नो परिवारको साथमा राम्रो समय बित्नेछ । यस भन्दा पहिले तपाईको पढाइ रोकिएको छ भने यस अवधिमा तपाईले आफ्नो पढाइलाई पुन: सुरुवात गर्ने राम्रो समय रहेको छ । यस अवधिमा तपाइलाई शुभ समाचार मिल्ने योग रहेको छ ।

कर्कट राशी


कर्कट राशिका लागि सुर्य दोस्रो घरको स्वामी हो । यस अवधिमा कर्कट राशि भएका मानिसको लागि भाइ बैनी सँगको सम्बन्ध सुमधुर हुनेछ । छोटो रमाइलो यात्रा हुनेछ । पराक्रम बढ्नेछ । व्यापार वृद्धि हुनेछ । साथै व्यवसायले गति लिनेछ ।

सिंह राशी


यस अवधिमा अचनाक दहन लाभ हुनेछ। सामान साट फेरमा धन लाभ हुने प्रवल सम्भावना रहेको छ । यस अवधिमा ठुलो सफलता मिल्ने योग रहेको छ । यस अवधिमा सिंह राशिको मानिसको लागि ठुलो सफलता मिल्ने योग रहेको छ । सामाजिक प्रतिष्ठा बढ्ने योग रहेको छ ।

कन्या राशी


यस अवधिमा कन्या राशी भएका मानसिको लागि आर्थिक लेन-देन गर्नको लागि राम्रो समय रहेको छैन । यस अवधिमा कन्या राशिका मानिसलाई धन कमाउन विभिन्न कठिनाईको सामना गर्न पर्ने हुन्छ । आर्थिक स्थिति प्रभावित हुनेछ । व्यापार व्यवसायमा लाभ प्राप्त गर्नको लागि केहि सम्झौता गर्न पर्ने हुनसक्छ ।

तुला राशि

यस अवधिमा तुला राशी भएका मानिसलाई सामान्य फलदाही रहेको छ । यस् अवधीमा तपाईको लामो समय देखि रोकिएको काम पुरा गर्ने अवसर प्राप्त हुनेछ । यस समयमा तुला राशिका मानिसले समाज र सामाजिक कामबाट टाढै रहनु होला । यस राशि परिवर्तनले तुला राशिको मानिसको लागि शिक्षामा समस्या आउन सक्छ ।

वृश्चिक राशी


यस सुर्यको राशि परिवर्तनले वृश्चिक राशी भएका मानिसको लागि शुभ साबित हुनेछ । यस अवधिमा तपाई सामाजको दृस्टीकोणमा बलियो तथा मजबुत साबित हुनु हुनेछ । जसको कारण तपाईलाई कार्यक्षेत्रमा लाभ हुनेछ । तपाई यस अवधिमा सफलता र प्रसिद्धि पाउनुहुनेछ।

धनु राशी


यस राशी परिवर्तनको अवधिमा धनु राशिलाई काममा कडा मेहनत गर्ने पर्ने हुन्छ । तपाईले गरेको कामको प्रसंसा हुनुको साथै कामको उचित फल प्राप्त हुनेछ । तपाईको कार्य क्षेत्रमा दोन्नतिको संभावनाहरु रहेका छन् ।

मकर राशी


यस राशि परिवर्तनको अवधिमा मकर राशी भएका मानिसको लागि निकै सावधान रहने पर्ने समय रहेको छ । यस अवधिमा तपाईलाई कुनै विस्वास गरेको व्यक्तिबाट धोका हुनसक्छ । यस अवधिमा तपाईको साथमा विस्वास घात हुने प्रवल सम्भावना रहेको छ ।

कुम्भ राशि


यस राशि परिवर्तनको अवधिमा कुम्भ राशीको मानिसको लागि आफ्नो करियर र व्यक्तिगत जीवनमा धरै चनौतीको समान गर्न पर्ने हुनसक्छ । व्यावसायिक जीवनमा यस राशिका मानिसहरुलाई आफूभन्दा ठुला व्यक्तिबाट सहयोग प्राप्त हुने छैन । कार्य क्षेत्रमा समस्या आउन सक्छ । आन्तरिक राजनीतिमा संलग्न हुन सक्नुहुन्छ।

मिन राशी


यस अवधिमा मिन राशि भएका मानिसको लागि केहि कठिनाईको सामना गर्नपर्ने हुन सक्छ । तपाईको यस अवधिको समय अर्को व्यक्तिसँग प्रतिस्पर्धा गर्नमा बित्ने छ । यस अवधिमा तपाईको जीवन साथि तथा साथि भाईसँगको सम्बन्ध पनि खासै राम्रो हुन् सक्दैन । जीवन साथिसँग ठुलो विवादमा फस्न सकिने सम्भावना रहेको छ ।

 

प्रकाशित : सोमबार, भदौ २८, २०७८१२:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि धनकी देवी लक्ष्मीलाई प्रसन्न बनाउने सुवर्ण अवसर, मात्र प्रयोग गर्नुहोस् यस्ता उपाय!