एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोलि नेपाल आइपुग्यो, आजै एमालाका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने

बिहीबार काठमाडौं आइपुग्नासाथ एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्ससहितको टोलीले आजै दिउँसोबाट राजनीतिक भेटघाट गर्ने भएको छ ।

एमसीसीका उपाध्यक्ष फतिमाको उनको पहिलो भेट एमालाका अध्यक्ष केपी शर्मा ओलीसँग गर्ने भएकी छिन् । एमसीसीक उपध्यक्ष फातिमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई भेट्न उनको निजि वासस्थान भक्तपुर बालकोट जाने भएकी छिन् । भोलि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भटटराईलगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । अब एमसीसी उपाध्यक्ष फातिमा सुमार अबको ४ दिन नेपाल भ्रमणमा रहने छिन्।

पछिल्लो समयाम एमसीसीले पठाएको प्रस्तावमा स्पस्ट नभएको भन्दै नेपालले पठाएको जनस्तर सहित सरकारबाट उठेको प्रश्नको सहित पत्र पठाएकोमा फातिमाले अमेरिकी दूतावासमार्फत जवाफ पठाएकी थिइन् ।

बिहिबार एमसिसिको टोलि नेपाल आइपुगेको छ । जनस्तरबाट चर्को बिरोधमा पनि नेपाल आइपुगेको एमसीसीको टोलिलाई नेपाली सेनाले कडा सुरक्षा दिने भएको छ । यस एमसीसीको टोली प्रधानमन्त्री सहित शिर्ष नेताहरु सँग वार्ता गर्ने तालिका सहित नेपाल आएको जनाइएको छ । एमसीसी र नेपाल बिचमा हुने लागेको सम्झौता नेपालको सडक, विद्युत लगायत भौतिक सुधारको लागि भन्दै अमेरिकाबाट ५० अर्व सहयोग प्राप्त हुने भनिएको छ ।

प्रकाशित : बिहिबार, भदौ २४, २०७८१२:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बढ्यो सुनको मूल्य, असोज महिना लागे पछिको सबैभन्दा महँगो!