तीजमा हुने भड्किलोपन र अनावश्यक खर्च कम गरौँ-राष्ट्रपति विद्यादेवी भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तिजको अवसरमा सम्पूर्ण नेपालि दिदि बहिनीलाई शुभकामना दिएकी छिन् । भण्डारीले शुभकामना सन्देश दिँदै तीजले सम्पूर्ण दिदि बहिनि, साथि तथा आफन्तहरुको सम्बन्धलाई झनै प्रगाढ बनाउने विश्वास व्यक्त गरेकी छिन् ।

राष्ट्रपतिले तिजको शुभकामन दिँदै भनिन् तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने भड्किलो र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेका बताइन् ।

धार्मिक मान्यता रहेको तिजको छुट्टै मान्यता रहेको छ । शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यस पर्वमा आफ्नो र आफ्ना परिवारपति तथा छोरा छोरीको शुभ तथा राम्रो कामना गरिन्छ । तृतीयाका दिन शिव, पार्वतीको र पञ्चमीका दिन सप्तऋषिको पूजा, उपवास गर्नाले मनोकामना पूरा हुने विश्वास रहिआएको छ। उनले सन्देशमा भनेकी छन्। ‘विवाहपश्चात् महिलाहरू आफ्नो जन्मघर, आमाबाबु , भाइबहिनी, इष्टमित्र र समाजलाई छोडेर कर्मघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरका रूपमा समेत तीज पर्वलाई महिलाहरूले  विशेष मानेको पाउन सकिन्छ ।

राष्ट्रपतिले भनिन् तीजमा महिला-महिलामा हुने भेदभाव नगर्न र शभ्य समाजको सिर्जना गर्न आग्रह गरेकी छिन् । साथै अहिले यस कठिन परिस्थितिमा कोरोना भाइरसलाई मध्ये नजर गर्दै नाचगान तथा पुजाको समयामा स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेकी छिन् ।

प्रकाशित : बिहिबार, भदौ २४, २०७८११:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोलि नेपाल आइपुग्यो, आजै एमालाका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने