सिद्धार्थ शुक्लाको निधन भएको आज ४ दिन बितिसकेको छ। उनि सेप्टेम्बर २ मा उनि यस संसारबाट बिदा भएका थिए । टिभी अभिनेता सिद्धार्थ शुक्लाको मृत्युका कारण उहाँका नजिकका र उनका प्रियजन मात्र हैरान छैनन्, तर सम्पूर्ण टिभी उद्योग स्तब्ध छ। अभिनेताको असामयिक निधनको कारण धेरै मानिसहरुको मन टुट्नुको साथै निरास भएका छन् । यतिबेला उनका साथीहरु र प्रियजनहरु लगातार उनको र उनको परिवारको लागी प्रार्थना गरीरहेका छन्। सिद्धार्थको परिवारले उनको मृत्यु पछि पहिलो पटक बयान जारी गरेको छ।
सिद्धार्थ शुक्लाको परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सिद्धार्थको यात्राको हिस्सा बनेका र उनलाई निस्वार्थ माया गर्ने सबैलाई हार्दिक आभार व्यक्त गर्दछौँ । यो उनको समाप्ति हैन किनकि सिद्धार्थ हामि सबैको मनमा बसेका छन् । सिद्धार्थ आफ्नो गोपनीयतामा धेरै ध्यान दिन्थे त्यसैले हामि अनुरोध गर्छौँ कि हामीलाई यो कठिन समयमा एक्लै शोक व्यक्त गर्न दिनुहोस्।’
यस सँगै सिद्धार्थ शुक्लाको परिवार द्वारा जारी एक बयानमा भनिएको छ। ‘मुम्बई पुलिस बलको संवेदनशीलता र असहयोगको लागि धरै-धेरै धन्यवाद , यस कठि परिस्थिमा हामीलाइ पूर्ण रुपमा सहयोग गरेकोमा धन्यावाद। तपाईहरु सबैलाई अनुरोध छ, सिद्धार्थको यादलाई प्रार्थनामा राख्नुहोस् । ओम शान्ति …. शुक्ला परिवार।’ चर्चित टिभी सिरियल ‘बालिका वधु’ तथा बिग बोस बिजेता सिद्धार्थ शुक्लाको निधन ४० वर्षको उमेरमा निया भएको हो ।