बलिउड अभिनेता विक्की कौशल र कट्रिना यस मितिमा विवाह बन्धनमा बाँधिदै!

केहि दिन पहिले अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफको इन्गेजमेन्ट भएको भन्दै सामाजिक सञ्जालमा उक्त्त खबर निकै भाइरल भएको थियो । त्यस समयमा अभिनेत्री कट्रिना तथा अभिनेता विक्की कौशलले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उक्त्त खबर गलत भएको जनाएका थिए।

पछिल्लो समयमा भारतीय मिडियाको एक रिपोर्ट अनुसार यसै बर्ष डिसेम्बर महिनामा अभिनेत्री कट्रिना र विक्की कौशल विवाह बन्धनमा बाँधिदै छन्। उनीहरुले आगामी डिसेम्बर महिनामा भारतको राज स्थानको उदयपुरमा विवाह गर्ने योजना बनाएको कुरा यातिबेला सार्वजनिक भएको छ । अहिलेको समयमा अभिनेत्री उनको आगामी फिल्म ‘टाइगर ३’ सुटिंगमा व्यस्त छिन् । फिल्ममा सलमान खान मुख्य भूमिकामा देखिने छन् । यातिबेला अभिनेत्री फिल्म सुटिंगको क्रममा रसिया पुगेकी छिन् ।

अहिले भनिएको कट्रिना र विक्कीको विवाह कत्तिको साचो हो भन्ने अहिले सम्म खुलेको छैन । साथै अभिनेता तथा अभिनेत्रीले सार्वजनिक रुपामा यस कुराको खुला भने गरेका छैनन् । अब हेरौँ यस कुरा कत्तिको साँचो हो र उनिहरु आफ्नो विवाहमा को-को अभिनेता तथा अभिनेत्रीलाई बोलाउछन् ।

प्रकाशित : सोमबार, भदौ २१, २०७८१७:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस अवधिमा निकै रामाइलो भयो भन्दै, आमा बन्ने अन्तिमा तयारीमा देखीइन् प्रियंका!