संखुवासभा-एकै परिवारका ६ जनाको सदस्यको हत्या!

संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको छ । अज्ञात समूहद्वारा आइतबार राति धारिलो हतियार प्रयोग गरेर हत्या भएको छ । स्थानीय तेजबहादुर कार्की सहित उनको परिवारला ६ जना सदस्यको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाको बारेमा छिमेकीले सोमबार बिहान मात्र थाहा पाएका थिए । छिमेकीले सबैलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या हुनेमा स्थानीय ५८ वर्षीय तेजबहादुर कार्कीसहित उनकी आमा ८० वर्षीया पर्वता कार्की, ५६ वर्षीय उनको श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की,त्यसतै १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको जिल्ला प्रहरीले जनाएको छ । मृतकहरुको शव घरवरिपरि भेटिएको भेटिएको थियो ।

यतिबेला घटना सम्बन्धि थप अनुसन्धाका लागि सदरमुकाम खाँदबारीबाट डिएसपीसहितको टोली घटनास्थलमा पुगेसकेको बताइएको छ ।

प्रकाशित : सोमबार, भदौ २१, २०७८१३:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तीजमा हुने भड्किलोपन र अनावश्यक खर्च कम गरौँ-राष्ट्रपति विद्यादेवी भण्डारी