एजेन्सी : बलिउड अभिनेता शाहरुख खान संसारभर परिचित रहेका छन् । उनको अभिनयबाट सबै प्राभावित भएका छन् । शाहरुख वर्षौदेखि फिल्म क्षेत्रमा कार्यरत रहेका छन् । अभिनयको अलावा मानिसहरु उनको जीवन शैलीको कारण पनि अभिनेता शाहरुख खान प्रति प्रभावित हुने गरेका छन् । सबैलाई थाहा छ अभिनेता शाहरुख उनको परिवारको सदस्यको खुशीको लागि जस्तो सुकै परिस्थितिको पनि सामना गर्न तयार हुन्छन् ।
अभिनेता उनको परिवारका सदस्य मध्य उनको छोरी सुहानाको धरै नजिक रहेका छन् । छोरी सुहानाको लागि अभिनेता शाहरुख कुनै बेलामा चाहिने भन्दा बढी प्रोटेक्टिव भएको देख्न सकिन्छ । एक पटक शाहरुख खानले उनको छोरी सुहानाको प्रेमीलाई भनेका थिए कि यदि सुहानाको प्रेमीले सुहानालाई किस गर्छ भने शाहरुखले उसको ओठ काटिदिने छन् ।
खासमा एक पटक शाहरुख खान अभिनेत्री आलिया भट्टसँग करण जोहरको च्याट शो कफी विथ करणमा पुगेका थिए। यस क्रममा शाहरुखले धेरै कुराहरुको खुलासा गरे । त्यसै समयाम शाहरुखले छोरी सुहानाको प्रेमीको विषयमा यस्तो कुराको खुलासा गरे जसबाट स्पष्ट रुपमा थाहापाउन सकिन्छ कि उनी आफ्नो छोरीको सुरक्षाको लागि कति सजग छन् भनेर ।