एजेन्सी – अमेरिकी अभिनेत्री एन्जेलिना जोली आफ्नो अभिनय र सौन्दर्यको कारण संसार भर परिचित छिन् । एन्जेलिनाले आफ्नो अभिनय करियरमा एक पटक ओस्कार अवार्ड र तीन पटक गोल्डेन ग्लोब अवार्ड जितेकी छिन्। उनी धेरै पटक हलिउडको सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा समावेश भैसकेकी छिन्। अभिनेत्री स्कूलको समय देखि अभिनयको लागी समर्पित भएकी थिइन् । उनले १६ वर्षको उमेरमा उनले फिल्महरुमा काम गर्न थालेकी थिइन् ।
आज एन्जेलिन ४६ औं जन्मदिन मनाउँदै छिन् । आज हामि यस पोष्ट मार्फत उनको व्यक्तिगत तथा उनको करियरको बारेमा बताउमे छौँ ।
जब एन्जेलिना सानै थिइन् तब उनी धेरै जिद्दी थिइन्। यस कारण उनी पनि स्कूलबाट निष्कासित भएकी थिइन् । उनले पढाइको क्रममा पाँचवटा बिद्यालयबाट आफ्नो स्कूल शिक्षा पूरा गरेकी थिइन् ।
एन्जेलिनाले सन १९९५ मा फिल्म ‘ह्याकर्स’ बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । यो फिल्मको सुटिको क्रममा उनी ब्रिटिश अभिनेता जोनी ली मिलरको प्रेममा परेकी थिइन् । त्यस पछी दुबैले सन १९९६ मा विवाह गरेका थिए र तीन बर्ष पछि सम्बन्ध विच्छेद भयो।
सन १९९९ मा अभिनेत्रीले जोन कुसाक र बिली बब थोर्नटन सँग कमेडी फिल्म ‘पुशिंग टिन’ मा अभिनय गरिन् । यसको एक बर्ष पछी एन्जेलिनाले थोर्नटन सँग विवाह गरिन् र २००३ मा सम्बन्ध विच्छेद भयो।
त्यसपछि अभिनेत्री एल्जेलिना सन २००५ मा फिल्म ‘मिस्टर एण्ड मिसेज स्मिथ’ सुटिंगको क्रममा ब्रेड पिटसँग भेट भयो त्यस पछी अभिनेत्रीको यो सम्बन्ध पनि धरै टिकेन र सन २०१९ मा सम्बन्ध बिच्छेद भयो ।
रिपोर्टहरुको अनुसार यी दिनहरु एन्जेलिना एक अमेरिकी मानवतावादीको प्रेममा छिन् । रिपोर्टक अनुसार यी अभिनेत्रीले तिन पटक विवाह गरिन् भने अहिले सम्म उनको ८ वोटा प्रेमी भैसकेका छन् । जुन सम्बन्ध धरै समयसम्म टिक्न सकेन ।