पूर्ण रुपमा बेबीको स्वागतको लागि तयार भए भन्दै प्रियंकाले सार्वजनिक गरिन् यस्तो तस्बिर!

पछिल्लो समयमा सामाजिक सञ्जालमा निकै सक्रिय भएकी प्रियंका : पुन सामाजिक सञ्जाल इन्स्टाग्राममा केहि तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिर सार्वजनिक गर्दै अभिनेत्री लेख्छिन् । ‘धरै रमाइलो गरे यो समयमा अब म तयार भए मेरो प्यारो बेबीको स्वागतको लागि’ भन्दै एक तस्बिर सार्वजनिक गरेकी छिन् ।

पछिल्लो समयमा नेपाली सिनेमा क्षेत्रको चर्चित अभिनेत्री प्रियंका कार्की गर्वती रहेकी छिन् । जहिलेबाट प्रियंका कार्कीले उनको गर्भावस्थाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्न लागिन् त्यस समय देखि उनि चर्चामा छिन् ।

प्रियंकाको तस्बिर कहिले दहि चिउरा खुवाएको त कहिले विभिन्न गेम खेलेको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै आएकी छिन् । अहिलेको समयमा प्रियंकाको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भैरहेका छन् ।

केहि दिन पहिले प्रियंकाले हस्पिटल जाने तयारी गरेको एक भिडियो उनको युटुब च्यानलबाट सार्वजनिक गरेकी थिइन् । यतिबेला उक्त्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

तेस्तै केहि दिन पहिले प्रियंकाले पछिल्लो समयको चर्चित र्‍यापर भिटेन सँगको संवाद अहिले भाइरल भैरहेको छ । पछिल्लो समयमा प्रियंकाको समाजिक सञ्जालमा १ मिलियन फलोअर्स पुगेका छन् । पछिल्लो समयमा अभिनेत्रीको सामाजिक सञ्जालमा फलोअर्स ठुलो मात्रमा बढेका छन्।

यतिबेला अभिनेत्रीले रक्षाबन्धनको सहित केहि तस्बिर सार्वजनिक गरेकी छिन् जुन अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । तस्बिरमा अभिनेत्रीले सेतो कपडामा गुलाबको फुलको  चित्र भएको बुट्टेदार कपडा लगाएकी छिन्।

यतिबेला अभिनेत्रीको तस्बिर पोष्ट गरेको एक घण्टा नहुदै ६ हजार भन्दा  बढीले लाइक गरिसकेका छन् ।

तस्बिर श्रोत: प्रियंका कार्की इन्स्टाग्राम

प्रकाशित : आइतबार, भदौ २०, २०७८१५:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शाहरुख खानले भने – ‘जसले मेरी छोरीलाई किस गर्छ त्यसको ओठ का;_टि*दिन्छु’