कुनै समयमा हामीले तथा हामीलाई कसैले मजाकमा बोलेका कुरा पनि यथार्थमा भैदिन्छ । त्यसतै भारतको चर्चित रियालिटी शो बिग बोसमा जब सिद्धार्थ अस्वस्थता कारण एक पटक हस्पिटल भर्ना भएका थिए । त्यसयमा मृत्युको विषयमा सलमानले मजाक गरेका थिए । त्यस एपिसोडमा सालमान बिग बोसको स्टेजमा आएर त्याँहा उपस्थित प्रतियोगीलाई भन्छ । ‘आज भन्दा एक हप्ता भन्दा पहिले अस्वस्थताको कारण हस्पिटल भर्ना भएका तिमहरुको साथि सिद्धार्थसँग कुरा गर्ने छौँ।’
सलमान भन्छन् ‘ सिदार्थ त्यहाँ कसैसँग झगडा गर्न कराउन पाइएको छ कि छैन ।’ सलमानको यस्तो प्रश्नमा सिद्धार्थ भन्छन् ‘ हैन सर म त्यस्तो छैन यहाँ एकदमै आराम छ, म ठिक छु ।’ फेरे सलमान भन्छन ‘सिद्धार्थ तिमि यो हप्ता ‘सेफ’ भएका छौ ।
#SidharthShukla
that joke turn into reality 💔 pic.twitter.com/YL1DZ7B91O— it's Jiya (@itsJiya10) September 2, 2021
तिम्रो फ्यानहरुको मायाको कारण तिमि यो हप्ता शोमा सुरक्षित् भएका छौँ ।’ फेरे सिद्धार्थ भन्छन् ‘धन्यवाद सर साथै सम्पूर्णलाई धन्यावाद।’ यतिकैमा सलमान भन्छन् ‘ठिक छ अब फ्यानले तिमीलाई सेफ फरे अब भगवानले तिमीलाई सुरक्षित् राख्न्ने हुन् कि हैनन्।’ सलमान यस्तो कुरा सुनेर त्यहाँ उपस्थित सबै हाँस्न थाल्छन् । तर वास्तवमा यो सबै सलमान र सिद्धार्थ बिचमा भएको मजाक थियो ।
चर्चित टेलिभिजन तथा चलचित्र अभिनेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन भएको हो। उनी ४० वर्षका थिए। उनले मुम्बईको कपूर अस्पतालमा अन्तिम सास लिए। सिद्धार्थ शुक्ला टिभी शो “बालिका वधु” बाट चर्चा पाउन सफल भएका थिए । उक्त रिरियलमा उनको भूमिका मानिसहरुले निकै रुचाएकी थिए ।