बलिउड अभिनेता शाहरुख खानलाई बलिउड क्षेत्रको रोमान्सको राजा भनिन्छ। उनी आफ्नो फिल्मका कारण विश्वभर परिचित छन्। अभिनेता शाहरुखको लाखौँको संख्यामा फ्यान फलोइंग रहेको छ । धरै अभिनेत्रीहरुको सपना हुन्छ अभिनेता साहरुख खानसँग काम गर्ने, फिल्म अभिनय बाहेक अभिनेता शाहरुख खान उनको व्यक्तिगत जीवनको विषयलाई लिएर पनि चर्चाम हुने गर्दछ।
सबैलाई थाहा छ शाहरुख उनि आफ्नो परिवारलाई धेरै माया गर्छन् । शाहरुख र उनको पत्नी गौरीलाई आइडल जोडी पनि भनिन्छ । के तपाइलाई थाहाछ कुनै समयमा शाहरुख र उनको श्रीमती बिचको सम्बन्धमा फाटो आउने अवस्था सिर्जना भएको थियो ।
वास्तवमा एक समय थियो जब शाहरुख खान प्रियंका चोपडाको सुन्दर्तामा मोहित भएका थिए । दुबैको निकटताको खबरले बलिउडमा हलचल मच्चाएको थियो । भनिन्छ फिल्म डनको सुटिको क्रममा दुबै एक अर्काको मायामा परेका थिए । त्यसपछि धरै समय दुबैले एक साथमा बिताएका थिए । र दुबैको प्रेम चर्चा साधारण भएको थियो । त्यसपछी शाहरुख खान निकै चिन्तित भएका थिए । अभिनेता शाहरुखले प्रियंका र उनको सम्बन्धको कुनै पनि नाम दिन अस्विकार गरेका थिए ।
खबर अनुसार प्रियंका र शाहरुखको प्रेम चर्चा शाहरुखको पत्नी गौरी खानसम्म पुगेको थियो । यस्तो खबर सुनेर उनि धरै रिसाएकी थिइन् । भनिन्छ कि गौरीले त्यस समयमा शाहरुखलाई धम्कि समेत दिएकी थिइन् र दुई बिचमा धरै झगडा भएको थियो ।