बलिउड अभिनेत्री शोल्पा शेट्टी उनको श्रीमान पक्राउ परेपछि निकै चर्चामा गरेकी छिन् । अभिनेत्रीले यस केसबाट टाढा राख्नको लागि विभिन् स्पष्टीकरण दिइरहेकी छिन्। पछिल्लो समयमा सामाजिक सञ्जालहरुमा आएको सुचनाको कारण अभिनेत्री धरै दुखि साथै चिन्तित भएकी छिन्। पति पक्राउ परेको करिब एक महिना पछी अभिनेत्री पुन: आफुलाई पुरानै स्थितिमा ल्याउने कोसिस गरिहेकी छिन् । शिल्पा शेट्टी पुन: शोमा फर्कदा सबैजना अचम्मित भएका छन् । साथै अभिनेत्री सँगै शोमा जजको काम गरेका अनुराग बसु पनि अभिनेत्री शिल्पालाई देखेर स्तब्ध भए।
अनुराग बसुले एक अन्तर्वार्तामा भनेका छन् कि ‘जब शिल्पा सुपर डान्सर ४ मा फर्किइन्, तब हामीले उनलाई धेरै राम्रो सँग स्वागत गर्यौ र अँगालो हालेर सान्त्वना दियौं। जुलाई १९ मा पति राजा कुन्द्रा पक्राउ परेपछि अभिनेत्री सामाजिक सञ्जालबाट टाढा भएकी थिइन् । तेस पछी अभिनेत्रीको बारेमा विभिन्न खबर बाहिरिन लागेका थिए । खबर आएको थियो कि अब अभिनेत्री ‘सुपर डान्सर ४’ मा आउने छैनन् । तर शिल्प पति पक्राउ परेको करिब १ महिना पछी शोमा फर्किएकी छिन् र सबैको मुख बन्द गरिदिएकी छिन् ।
अनुरागले एक अन्तर्वार्तामा भने शिल्पा ‘सुपर डान्सर ४’ को सेटमा आइपुगे पछि उनको पतिको बारेमा कुनै किसिमको कुनै चर्चा थिएन। अनुराग भन्छन् – ‘हामी सबैले उसलाई अँगालो हालेर उसलाई विस्वास हरायौँ हामि सबै उसको साथमा छौँ। किनकि हामि जान्दैनौ कि यस समयमा उनले कस्तो अवस्थाको सामना गर्न पर्यो होला । उनको साथमा यस्ता धरै चिज भएका छन् जसको कारण उसले विभिन्न समस्याको समान गर्न परिरहेको छ। तेसैले यस समयमा हामीले उनिबाट केहि जाने प्रयास गरेनौ।’
भनिन्छ कि पोर्नोग्राफी केसमा मुम्बई पुलिसले खोज तलास गर्ने क्रमम शिल्पाको श्रीमान राज कुन्द्राले अ-श्लिल भिडियो बनाई विभिन्न वेब साइट मार्फत सार्वजनिक गर्ने गरेको र जसबाट करोडौं कमाएको आरोप लागेको छ ।