बलिउड फिल्म क्षेत्रको राजा अर्थात किंग खान जसको फ्यान फलोंग करोडौं रहेका छन् । उनी संसारभरि लोकप्रिय छन्। आफ्नो अभिनयसँगै उनले मानिसहरुको मनमा विशेष स्थान बनाएका छन् । जसरी शाहरुख खान उनको फिल्मको कारण चर्चामा छन् । उनको व्यक्तिगत जीवनको कारण पनि उत्तिकै चर्चामा रहेका छन् । सबैलाई थाहा छ शाहरुख आफ्नो परिवारलाई निकै माया गर्छन् । उनी आफ्नो परिवारलाई लिएर निकै सजग रहन्छन् । तर तपाईहरुलाई थाहा छ शाहरुख खानका जेठा छोरा आर्यनले उनलाई बाबुको रुपमा स्वीकार गर्न अस्वीकार गरेका थिए । यसको कारण शाहरुख आफैले भेनका थिए ।
शाहरुख खानले आफ्नो फिल्म ‘फ्यान’ को प्रमोशनको क्रममा मिडियासँग कुरा गर्दै यसबारे बताएका थिए। उनले भने कि उनका जेठा छोरा आर्यनले उनलाई बुबाको रुपमा स्वीकार गर्न अस्वीकार गरे। यसको पछाडिको कारण बताउँदै उनले भने कि आर्यन कुनै सेलिब्रिटीको छोरो जस्तै आफ्नो बाबु आमाको नामबाट आधिकार जमाउने तथा नाम कमाउन चाहदैनन् उनी आफ्नो पहिचान बनाउन चाहन्छन्। जब आर्यन आफ्ना साथिहरुको साथम हुन्छन् तब उनि आफ्ना बाबुको नाम कमै मात्र लिन्छन् । शाहरुख भन्छन् उनको छोरा आर्यन मानिसहरुको भिडमा सधै आफुलाई सामान्य मान्छे जस्तै रहन मन पराउछन् ।
शारुखा खान एक स्टार भएर पनि उनको घरमा छोरा आर्यनको लागि एक नियम बनाइएको छ । आर्यनलाई बिना शर्टमा घरमा घुम्नको लागि मनाही गरिएको छ । यस बारेमा कुरा गर्दै शाहरुख खानले एक अन्तरवार्ता भेने ‘उसलाई घरमा आमा दीदी बहिनीको आगाडी बिना शर्टमा घुम्नु मनाही छ । म आर्यनलाई घरमा भएको बेलामा सधै शर्ट लगाउन भन्छु । जब उसलाई घरमा आमा दिदी बहिनीले देख्छन् तब उनीहरुलाई सहज महसुस हुनु आवश्यक हुन्छ । यस्ता चिजहरुमा महिलालाई मनाही छ भने पुरुषले पनि किन गर्नु।’
कार्यक्षेत्रको कुरा गर्ने हो भने शाहरुख खान पछिल्लो समयमा फिल्म ‘जीरो’ मा देखिएका थिए । अनुष्का शर्मा र कट्रिना कैफ यस फिल्ममा उनको साथमा मुख्य भूमिकामा थिए। तर, यो फिल्म बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन र फ्लप भयो। त्यसै पनि अहिले शाहरुख ठूलो पर्दामा देखिएका छैनन्। तर अब उनी चाँडै शाहरुख फिल्म ‘पठान’ मा काम गर्नेछन्। फिल्ममा दीपिका पादुकोण र जोन अब्राहम मुख्य भूमिकामा छन्। फ्यानहरु उनको यस फिल्मको लागि धेरै उत्साहित छन्। ।