मुस्लिम धर्मकी सारा अली खान लद्दाखको एक बौद्ध मठमा ध्यान गर्दै, तस्बिर भयो भाइरल!

यातिबेला अभिनेत्री सारा अलि खान राधिका मदान सँग बिदा मनाउन भारतको लखाद पुगेकी छिन् । अभिनेत्री यातिबेला लखाद पुगेर रमाइलो गर्दै गरेको तस्बिर असर्वाजनिक गरेकी छिन् । उल्लेखनीय रूपमा, सारा सामाजिक मिडियामा धेरै सक्रिय छिन् र प्राय: अभिनेत्री उनको ताजा तस्बिरको कारण फ्यानहरु बीच चर्चामा हुन्छिन् ।

केहि घण्टा पहिले अभिनेत्रीले लाखादको केहि तस्बिर सार्वजनिक गरेकी छिन् । पहिलो तस्बिरमा सारा पछीडी भागमा एकदमै सुन्दर दृश्य देख्न सकिन्छ । तस्बिरमा साराको पछिडी सुर्यअस्ताउदै गरेको देख्न सकिन्छ ।

सार्वजनिक गरिएको भिडियो क्लिपमा सारा एक बौद्ध मठमा ध्यान गरिरहेकी छिन्। त्यस समयमा उनले गुलाबी रंगको शल ओढेकी छिन्। यतिबेला साराको पोस्ट शेयर हुने बित्तिकै फ्यानहरुको लाइक र कमेन्टको ओइरो लागेको छ। तस्बिरमा कमेन्ट गर्दै फ्यानहरुले साराको लगातार प्रसंसा गरिहेका छन् ।

तस्बिरमा सारा प्रकृतिको आनन्द लिइरहेकी छिन्। यस बाहेक अभिनेत्रीको नाकमा पट्टी पनि छ। जुन देख्दा साराको नाकको चोट अझै निको भएको छैन भन्न गलत हुनेछैन। सारा अब चाडैं नै अक्षय कुमारको साथमा फिल्म ‘अतरंगी’ मा देखिदै छिन् ।

तस्बिर श्रोत: सारा अलि खान इन्स्टाग्राम

प्रकाशित : आइतबार, भदौ १३, २०७८१२:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दुई सन्तानको आमा श्वेताको यस्तो अवतार, तस्बिर देखेर फ्यानहरु भए हैरान!